दाङ असार २९,
रामपुर बालिमखोला किनारमा बस्दै आएका वृद्ध दलित दम्पत्तिलाई
विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रदान गरिएको छ । बुधबार वृद्ध दलित दम्पत्तिको र
ामपुर–३, बालिमखोलास्थित घरमै पुगेर सात हजार मूल्यबराबरका खाद्यान्न, लत्ताकपडा र
भाँडाकुँडा प्रदान गरिएको हो ।
बालिमखोलाको किनारमा जीर्ण बनेको झुप्रो घरमा बस्दै आएका दलित दम्पत्तिको
दयनीय अवस्थाका बारेमा पत्रकार जनक नेपालीले ‘२० वर्षसम्म पशु र मान्छे
एउटै थलोमा’ शीर्षकमा लेखेको समाचार गत असार ९ गते नौलो जनउभार साप्ताहिकमा
छापिएको थियो ।
त्यस्तै, सोही विषयमा पत्रकार डिल्ली मल्लले ‘हाम्रा लागि
भगवान पनि टेढा भए’ शीर्षकमा लेखेको समाचार असार १९ गतेको गोरखापत्र दैनिकमा
छापिएको थियो । दुवै पत्रिकामा छापिएका समाचार पढेपछि तुलसीपुर दाङ घर भई हाल
लण्डनमा बस्दै आउनुभएका सुमन गुरुङले ५ हजार रुपैयाँ, दाङका जिल्ला शिक्षा
अधिकारी जीतबहादुर शाहले १ हजार र काठमाण्डौंका हरिप्रकाश पुडासैनीले १ हजार रु
पैयाँ वृद्ध दम्पत्तिका लागि सहयोग प्रदान गर्नुभएको थियो ।
नगदभन्दा आवश्यक सामान ल्याइदिन वृद्ध दम्पत्तिले गरेको आग्रहबमोजिम ७ हजार
रुपैयाँबाट दुई बोरा चामल, ४ किलो दाल, दुई किलो नून, २ लिटर तेल र
बेसार, एक सेट सिरक डसना र एक सेट भाँडाकुडा प्रदान गरिएको हो ।
बुधबार वृद्ध दम्पतिको घरमा एक कार्यक्रमको आयोजना गरि सो सहयोग सामग्री प्र
दान गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसी,
रामपुर गाविस सचिव प्रवीण खनाल र नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक
एवम् गोरखापत्र दैनिकका घोराही समाचारदाता डिल्ली मल्ल सहयोग सामग्री प्रदान
गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका
उपाध्यक्ष नरेन्द्र केसीले मानवीय नाताले समाजका असहाय, गरिब र विपन्न वर्गका
व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो । पत्रकारिता क्षे
त्र समाजलाई सूसुचित गर्नुका साथै समाजसेवा, अग्रगामी रुपान्तरण र विकासका लागि सबै
लाई सचेत गराउने क्षेत्र रहेको भन्दै उहाँले समाचारका माध्यमबाट असहाय दलित
दम्पत्तिको विषय उजागर गरेर सहयोग जुटाउने पत्रकार, पत्रिका र सहयोग प्रदान गर्ने
दाता र घर निर्माणलगायत उनीहरुको रेखदेख गर्ने स्थानीयबासी सबै धन्यवादका पात्र
भएको बताउनुभयो ।
कार्यक्रममा रामपुर गाविस सचिव प्रवीण खनालले आफूहरुले वृद्ध दलित दम्पत्तिको
नागरिकता बनाउनेदेखि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न पहल गरेको बताउनुभयो । सो
अवसरमा नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक डिल्ली मल्लले सहयोग प्र
दान गर्ने दाताहरु र संकलन गरिएको सामग्रीको बारेमा जानकारी गराउनुभएको थियो
। कार्यक्रमको सञ्चालन पत्रकार जनक नेपालीले गर्नुभएको थियो ।
समाचार छापिएपछि नयाँ घर पनि !
वृद्ध दलित दम्पत्तिको दयनीय अवस्था र उनीहरुलाई स्थानीयबासीले सहयोग नगरे
को भावको समाचार नौलो जनउभार साप्ताहिकमा प्रकाशित भएपछि स्थानीयबासीले बृद्ध
दम्पत्तिका लागि सानो घर नै बनाइदिएका छन् ।
स्थानीयबासी सबैले सहयोग संकलन
गरेर ९ हजार १ रुपैयाँ जम्मा गरी बाँसले बेरेर टीनको छाना भएको एककोठे घर
बनाइदिएका हुन् ।
समाचारमा स्थानीयबासीले वृद्ध दलित दम्पत्तिलाई सहयोग नै नगरेको भन्ने खालको
समाचार आएको रहेछ, स्थानीय वीरबहादुर विकले भन्नुभयो, हामीले पनि अलि–
अलि सहयोग त गरिरहेका थियौं, तैपनि जति गर्नुपर्ने गर्न सकिएको थिएन । समाचार पढे
पछि आफूहरुले केही गर्नुपर्छ नत्र गाउँ समाजकै बेइज्जत हुन्छ भन्ने ठानेर
घर बनाइदिएका हौं ।’