आज तेल अभिवको लेभिन्सकी पार्कमा विभिन्न स्थानिय संघ संस्थाहरुको उपस्थित्तिमा भएको बृहत छलफल पछि अम्भिका क्षेत्रीलाई बर्खास्त गर्दै सुश्री लिला लिम्बु नेपाली नारी आवाजको उपाध्यक्ष लाइ अध्यक्षमा मनोनयन गरेका छन् ।
बिगत केहि समय देखि संस्था भित्र भैरहेको सामान्य बिबाद लाइ छलफलको माध्यम समाधान गर्ने र अगाडी लागि लिला लिम्बु लगायत अन्य सदस्यहरुले छलफल गर्न अनुरोध गर्दा गर्दै पनि अध्यक क्षेर्र्तिले कुनै सुनवाई नगरे पछि अध्यक्ष क्षेत्रीलाई पद बाट राजिनामा दिन दबाव दिइ रहेका थिए तर सो को पनि बेवास्ता गर्दै उनले आफ्नै पाराले संस्था चलाउन लागे पछि यस बाध्यात्मक निर्णय परेको उपस्थितहरुले जनाए ।
तीन हप्ता अघि यहि कार्यलाई चुनाब बाट पारदर्शी रुपमा निर्णय गर्ने निधो भए पनि फेरी आज आएर यस निर्णय संस्थागत भन्दा ब्येयाक्तिक रुपमा हावी भए पछि सबैको छलफल र सहमतिमा आज लिला लिम्बुलाई मनोनयन गरेका हुन् । यस संस्थाले इज़रायाल्मा सेवामा बिशुद्ध रुपमा समर्पित भै थुप्रै प्रसंसनिय कार्यहरु गर्दै आएको थियो । पछिल्लो समयमा संस्था भित्र सामान्य उब्जिए पछि त्यसलाई भित्र भित्रै सालटयुन निकै प्रयास भए पनि त्यो असफल भएपछी आज यो मनोनयन गर्नु परेको सम्बन्धित स्रोतले बताए ।