भर्जिनिया अमेरिका जेठ २०,
विजय थापा : अमेरिका ,भर्जिनिया ,जुन १ ,भर्जिनिया स्थित राष्ट्रिय सम्मेलन केन्द्र ,बेलमन्टस्थित लाउडन काउन्टी प्रजातान्त्रिक समितिको १० औ बार्षिक रात्री भोजन भव्यताको साथ सम्पन्न भएको छ ।
हुन् त नेपाली समुदायको अमेरिकामा बिज गणतीय रुपमा जन घनत्व वृद्धि भै रहेको अवस्था र नेपाली समुदायको पनि राजनैतिक क्षेत्रमा अभिरुचि ,सहभागिता ,सरोकार र संलग्नताको सुरुवात भै सकेको छ ।
हरेक बर्ष लाउडन काउन्टी प्रजातान्त्रिक समितिद्वारा आर्थिक कोष वृद्धि तथा प्रजातान्त्रिक दलका समसामयिक जल्दा बल्दा बिषयमा जानकारी र अन्तर्क्रियात्मक कार्यक्रमको साथ आमन्त्रित अतिथिहरुको लागि सत्कार स्वरुप भब्य रात्री भोजन गरिने परिपाटि रहेकोले सो कार्यक्रमको लागि नेपाली समुदायको तर्फबाट केहि अतिथिहरुको सहभागी रहेको थियो । उक्त कार्यक्रममा लाउडन काउन्टी प्रजातान्त्रिकका सभापति ईवान म्याक्बेथले सम्मान गरेका थिए । प्रजातान्त्रिक मूल्य तथा प्रजातान्त्रिक अभियानमा छलफल गर्ने बारेमा जानकारी दिएका छन् ।
आर्थिक कोष वृद्धि गर्ने ,दललाई मजबूत बनाउने ,र भावी रणनीति अनुसार कार्यक्रम तय गरिएको थियो भने वाशिंगटन डिसी महानगर म्यारिल्याण्ड स्थित नेपालीहरुको साझा चमेनागृह घर-ए-कवाब का संचालक तथा ब्यबसायी लोकनाथ तिवारीले $ १००१.०० (एक हजार एक डलर ) दिनु भएको थियो भने दोहाबाट पाल्नु भएका उद्धमी आर के शर्माले रात्री भोज तथा आर्थिक सहयोग स्वरुप $ २१००.०० .००(दूइ हजार एक सय डलर ) प्रदान गर्नु भएको थियो । कार्यक्रम संचालक लाउडन काउन्टी प्रजातान्त्रिकका ईवान म्याक्बेथले गरेका थिए । यहि जुन ११ तारिखमा प्रारम्भिक चरणको गभर्नरको निर्वाचनमा प्रत्याशी हुनु भएका टेरी म्याक अलिफले आफु बिजयी भए र आफुले लिएका मुद्दाहरुको बारेमा बोल्नु हुदै सबैलाई सहयोगको लागि आग्रह गर्नु भएको थियो ।
र कार्यक्रममा आगामी जुन ११ मा हुने अन्य व्यक्तित्वहरुले पनि उमेद्वारीको घोषणा गर्दै मन्तब्य राखेका थिए भने बर्ष भरि बिभिन्न क्षेत्रमा प्रजातान्त्रिक दल तथा राष्ट्रलाई उल्लेखनीय योगदान पुर्याउनु सबैलाई सम्मान गरिएको थियो । भर्जिनियाका प्रख्यात लेखापाल तथा लाउडन काउन्टी प्रजातान्त्रिकमा बिजयी भएका हरि शर्मा काउन्टीका कोषाधक्ष्य हुन् भने उनिको प्रवेस पश्च्यात लेखा बिभाग र हिसाब किताबमा उल्लेखनीय प्रगति गरेको छ । उनि करिब २० बर्ष अगाडी अमेरिका आएका हुन् भने सम्भवत यस्तो पदमा नेपाली मूलका नेपालीहरु कम पुगेका हुन्छन । यो हाम्रो सौभाग्य हो र बिगतको चुनाबमा बराक ओबामालाई सहयोग गरेको जानकारी गराए ।
यसै गरि समाज सेवी तथा ब्यबसायी लोकनाथ तिवारीले अब नेपालीहरु पनि निक्कै अगि बढी सकेको र समाजमा स्थापना हुदै जाने छन् भन्दै खुशी ब्यक्त गरेका छ भने उपस्थित हुने नेपालीहरुमा डा शशि उपाध्याय ,वरिस्ठ चिकित्सक ५० बर्ष पहिले अमेरिका आएको जानकारी गराउनु भएको थियो भने अलाबामाबाट पाल्नु भएका प्राध्यापक नर कुमार गुरुङ ,कतार दोहाबाट आउनु भएका आर के शर्मा ,कवियत्री उषा शेरचन ,डी बि शेरचन ,ख्याती प्राप्त उद्यमी ,शान्ति तिवारी ,लोकेश तिवारी ,सरिता शर्मा ,हरि शर्मा तथा विजय थापा रहेका थिए । नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनु भएका सम्पूर्णलाई आफ्नो स्थानमा उठाई नेपाली समुदायको भब्य स्वागत गरिएको थियो भने कार्यक्रमको समापन सबैलाई धन्यबाद दिदै ईवान म्याक्बेथले बिसर्जन गरेका थिए ।
==== Video......