खोटाङमा बैदेशिक रोजगारी सम्वन्धी सडक नाटक I

  खोटाङ जेठ २०,

सुरक्षित आप्रवासन परियोजनाले खोटाङमा बैदेशिक रोजगारी सम्वन्धी सडक नाटक प्रदर्शन शुरु गरेको छ । बैदेशिक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक र भरपर्दो बनाउन सचेतना फैलाउने उदेश्यले परियोजनाले पाथेका गाविसबाट सडक नाटक प्रदर्शन शुरु गरेको हो ।

गत वर्ष ‘कथा बिदेशको’ नामक सडक नाटक प्रदर्शन गरेको परियोजनाले यसपल्ट ‘कथा बिदेशको भाग–२’ प्रदर्शन शुरु गरेको परियोजनाका सामाजिक परिचालक लोकमणी रिजालले जानकारी दिनु भयो । परियोजनाले यस वर्ष जिल्लाका २९ गाबिसमा सडक नाटक प्रदर्शनको तयारी गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com