UAE, मृतकका परिवारलाई युएई बाट आर्थिक सहयोग I

दुबई जेष्ठ ३०,

निमकान्त पाण्डे : युएईको रसलखेमा नजिकै ओमन रोडको अलराम्स ठाउ स्थित गाडी वर्कसपमा कार्यरत लेखनाथ न.पा. ११ बेगनाथ,कास्कीका मृतक ३७ बर्षीय सन्तोस रानाभाट को परिवार लाई आर्थिक सहयोग गरिएको छ। ८ दिन पछि मृत अबस्थामा चट्टानको पहाडमा शरिर नचिनिने अबस्थामा फेला पारेको कम्पनीको मालिकले जनाएका थिए। 

दुई छोरा छोरीका बाबु समेत रहेका मृतकको घरको आर्थिक अबस्था निकै कमजोर स्थितिलाई केहि आर्थिक राहत सहयोग गर्नका निम्ति उनका छिमेकी गाउले बलबहादुर बिक ०५०-८८०९१७५ ले सुरु गरेको अभियानलाई साथीहरुले समेत साथ दिदै डाईमन्डलिज रेन्टकार ,ओल्ड सेकुरुटी,दिपा ईन्डस्ट्रियल कम्पनीमा कार्यरत नेपालीहरुबाट आर्थिक रकम संकलन गरेर परिवारलाई ४१,९०२ रुपैया पठाईएको छ। 

कम्पनीबाट बाहिर मृतु भएकोले ईन्सुरेन्स कम्पनीबाट कुनै आर्थिक रकम नमिले पछि साथीभाईहरुले नै सहयोग गरेको बिक बताउनु हुन्छ उहाका अनुसार रसलखेमाबाट रुद्र रानाभाटले पनि ग्रुपफोर कम्पनिमा कार्यरत साथीहरुबाट सहयोग संकलन गरि ५५३९१ ( पचपन्न हजार तिन सय एकानब्बे ) पठाएका छन। विदेशको ठाउबाट नेपाली दाजु भाईहरुले यस अबस्थामा आर्थिक संकलन गरेर पठाई सहयोग गर्नु हुने सम्पूर्णलाई मृतक को श्रीमति सिता रानाभाटले हार्दिक धन्यबाद प्रकट गर्नु भएको छ। 

कम्पनीको मालिकले फोन गरि २५ सय दिराम नेपाली दुताबासमा बुझाएको छु उसको अन्तेस्ठी गर्दा खर्च गर्नु भनेको र के कारणले आज सम्म दुताबासबाट रकम पाउन नसकेको भनी सिता ले फोन मार्फत दुखेसो गर्नु भएको थियो। यसै बिषयलाई लिएर बल बहादुर बिक ०५५-६१२८५५९ अबुधाबी दुताबस पुगेर जानकारी लिनु भएको जनाउनु भएको छ उहाका अनुसार यस्तै प्रकारका समस्या भएका ३/४ जनाको एकमुष्ठ रकम परराष्ट मन्त्रलय पठाउने भएको हुदा केहि समय ढिला हुनजाने दुताबासले जनाएको छ। 

यस घटनाको रकम केहि दिन भित्र नै नेपाल पठाईने जनाए। दुताबासका अनुसार पिडितले परराष्ट मन्त्रलयबाट रकम बुझ्न पनि सक्छन काठमाडौँ बाहिर हुनेका लागि मन्त्रलयले जिल्लामा रकम पठाउने छ त्यहि गएर रकम लिनु पर्ने जानकारी पाप्त भएको छ। यस्तो रकम सिधै मृतक सगै नेपाल जाने व्यक्तिले लिएर जादा आफन्तले छिटो पाप्त गर्न सक्ने तर दुताबास मार्फत जादा २ महिना सम्म लाग्ने दुताबासका एक कर्मचारीले श्रोतलाई जनाए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com