अनलाइनमा बाटै रक्तदाता I

काठमाण्डौ जेष्ठ ३०,

रगतको सधैँ समस्या भैरहने उपत्यकामा अब बिरामीका आफन्तले एक क्लिकमा रक्तदाता पाउन सक्ने भएका छन् । उपचारका क्रममा रगत नपाउने समस्याले पिरोलिएका बिरामीलाई नेपाल ब्लड डोनर्स एसोसिएसनले अनलाइनमा रक्तदाताहरुको विवरण अद्यावधिक गरेपछि अनलाइनमा क्लिक गरेको भरमा आवश्यक रक्त समुहका दाता पाउन सक्ने अवस्था आएको हो । 

यसअघि ब्लड बैँकमा आवश्यक रगत पाउन नसक्दा बिरामीका आफन्तले चिनेजानेका व्यक्ति वा रक्तदाताको नम्बर खाजेर मात्र रक्तदाता फेला पार्नुपर्ने अवस्था थियो । यसरी फोन नम्बर खोजेर रगत माग्नुपर्दा समयमा रगत पाउन सक्ने अवस्था थिएन । तर अब बिरामीलाई तत्काल रगत आवश्यकता प¥यो भने आफन्तले अनलाइन प्रविधिबाट रगतको आवश्यतकतालाई पूरा गर्न सक्ने ब्लोदानका अध्यक्ष महेन्द्र बिलास जोसीले बताएका छन् । 

एसोसिएसनले मंगलवारबाट औपचारीक रुपमा अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । ब्लोदानले धधध।दयियमmझदभचक।अयm लाई अध्यावधिक गरी सेवा सञ्चालनमा ल्याएको हो । अध्यक्ष जोसीका अनुसार रगत आवश्यक पर्नेले सो साइटमा गएर आफूलाई आवश्यकता परेको रगतका दाताहरू कहाँ कुन स्थानमा छन् भनेर थाहा पाउन सक्नेछन् ।

‘अनलाइनमा रक्तदाताको परीचय सहित नम्बर र रक्तदाताको रगत समुह पनि राखिएकाले आवश्यक पर्नेले तुरुन्त फोन गरेर बोलाउन सक्नेछन्’ उनले भने । क्याटमान्डु डिजिटल एजेन्सीका कार्यकारी निर्देशक प्रमित श्रेष्ठले ब्लोदानका लागि निःशुल्क रूपमा तयार पारीदिएको सो अनलाइनमा हाल पहिलो चरणमा करिब एक हजार ४०० विभिन्न रगत समूहका रक्तदाताको नाम समावेश गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com