गज़ल : By, कृष्ण प्र.सिम्खडा I



गाउँमा भेटिन्छन ,भेटिन्छन बजारमा
गर्छन आजभोलि ,मायाँप्रेम हतारमा

भाग्य आफै चम्कन्छ ,कर्म गर निरन्तर
कहिल्यै पनि भाग्य ,लेखिदैन निधारमा

कोहि धर्म गर्छन ,त कोहि पाप गर्छन
त्यो निर्भर रहन्छ ,मानिसको बिचारमा

हेला गर्छ समाज ,ठुलो सानो जात भनि
कसैको लेखिएको ,हुन्छ र अनुहारमा?

हुन्न धर्म दिनहु ,कोहि मन्दिर जादैमा
धर्म हुन्छ लागेर ,दुखिको त्यो उद्दारमा

 कृष्ण प्रसाद सिम्खडा
गीतानगर -४ चितवन  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com