SLC मा असीमको बढी नम्बर I

काठमाण्डौ जेष्ठ २९,

असिमको ९३ दशमलब ८७ प्रतिशत : बोर्ड फस्ट को भयो भन्ने अन्योल अझैं ....

भक्तपुरकी सरु श्रेष्ठभन्दा झापाका असिम घिमिरेले एसएलसी परीक्षामा बढी नम्बर ल्याएको देखिएको छ । सरुले भन्दा असिमले दुई नम्बर बढी ७ सय ५१ नम्बर अर्थात ९३ दसमलव ८७ प्रतिशत ल्याएका हुन् । झापा घैलाडुब्बा गाविसका घिमिरे यो वर्षको बोर्ड फस्ट भएको उनी अध्ययनरत फ्लावर इङलिस स्कुल विर्तामोडले दाबी गरेको छ ।

उता, सरुको भन्दा बढी काठमाडौंको लिटिल एन्जल्स स्कुलका प्रसन्न नेपालले ल्याएका छन् । उनले ९३.६२ प्रतिशत अंक ल्याएका हुन् । बढी नम्बर आउने क्रम जारी रहेकाले को बोर्ड फस्ट भन्ने अझै पुष्टि भइसकेको छैन । यसअघि यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा भक्तपुरकी सरु श्रेष्ठ बोर्ड फस्ट भएको अनुमान गरिएको थियो ।

सार्वजनिक भएका प्रतिशतमध्ये उनले प्राप्त गरेको नम्बर सबैभन्दा बढी देखिएकाले उनी अध्ययनरत विद्यालयले पनि सो दाबी गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले मंगलबार प्रकाशन गरेको प्रवेशिका परीक्षाफलमा श्रेष्ठले ९३ दशमलव ५० प्रतिशत अंक ल्याएकी थिइन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com