चितवनको जुटपानीमा जलवायु परिर्वतन अनुकुलन छलफल कार्यक्रम I

चितव  जेष्ठ २९,

शिशिर सिंखडा : पूर्वी चितवनको जुटपानीमा आयोजना गरिएको समुदाय स्तरिय ४ दिने जलवायु परिर्वतन एकीकृत अनुकुलन योजना तयारी तथा छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ चितवन हरियो वन कार्यक्रमको सहयोगमा उदयपुर सामुदायिक वन उपभोक्ता समुह जुटपानी–४ ले आयोजना गरेको सो कार्यक्रममा जलवायु परिर्वतनले पार्न सक्ने असर र बच्ने उपायहरुको वारेमा छलफल गरिएको थियो । कार्यक्रममा केशव लामाको अध्यक्षतामा ११ सदस्यीय सिकाइ यो जना कार्यान्वयन समिति समेत गठन गरिएको छ । 

समुहका उपाध्यक्ष झनक बहादुर गुरुङले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि जुटपानी गाविस सचिव रामप्रसाद सापको टा,विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ चितवनको महासचिव विष्णु सापकोटा,नेपाल रेडक्रस सोसाईटी उपशाखा जुटपानीका सभापति गणेश शर्मा पौडेल,जुटपानी रेन्जपोष्टका इन्चार्ज क्षेत्रविक्रम खाड,सहभागिको तर्फवाट कृष्ण प्रसाद ढकाल र प्रमिता रिजालले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आशा वाईवा र जमुना सापकोटाले सहजीकरण गर्नुभएको थियो भने समुहका अध्यक्ष केशव लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com