इज़रयाली चार सैनिक महिलाले आपत्तिजनक फोटोशुट गरि सोसल नेटवर्कमा सार्वजनिक photo feature..

जेष्ठ २१,

सोसल नेटवर्किङ साइटमा ४ इजरायली महिला सैनिकले अर्धनग्न फोटो सुट गरेपछि इजरायली सेना विवादमा तानिएको छ । ती महिला सैनिकले तल केवल कट्टु लगाएको र माथि सैनिक पोशाक लगाएका आपत्तिजनक तस्विर खिचेर फेसबुकमा पोस्ट गरे ।

उनीहरुको यस्तो अश्लिल गतिविधीलाई अशोभनिय ठहराउँदै तत्कालै इजारयली सैनिकले अनुशासनको कारवाही अगाडी बढाएको छ । यस्तो तस्विर मिडियामा समाचार बनेर छ्याप्छ्याप्ती आएपछि सेनाले उनीहरुलाई संगठनबाट नै बर्खास्त गरेको छ ।

सबैभन्दा पहिले ती तस्विर इजरायली न्युज एजेन्सी साइट वालाले प्रकाशित थियो भने अमेरिकाको न्यूयोर्क पोस्टले जनाएको छ । तस्विरमा प्रष्ट देख्न सकिन्छ, उनीहरुले शरिरको माथिल्लो भागमा युद्धमा प्रयोग हुने पोशाक लगाएका छन् भने हेलमेट लगाएर खिचेका तस्विरहरु पनि फेसबुकमा अपलोड गरेका छन् ।

विश्वका विभिन्न समाचार साइटहरु उनीहरुको अनुहारभने स्पष्ट रुपमा नदेखिने गरी छोपिदिएका छन् । इजरायली सैनिकले अनुसार यी चारै जना संगठनमा नयाँ भर्ति भएका भनेर दावी गरेको छ । यसघि पनि सोसल नेटवर्किङ साइटमा इजरायली सेनाको बदनाम हुने घटना नघटेको होइन । - (एजेन्सी)


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com