अस्पताल स्थापनाको ४० वर्षपछि जटिल प्रसूति सेवा सुरुI

काठमाण्डौ जेष्ठ २१,

जिल्ला अस्पताल स्कुमले पहिलोपटक निःशुल्क रूपमा जटिल प्रकारको प्रसूति सेवा सुरु गरेको छ । अस्पतालले स्थापनाको ४० वर्षपछि जटिल प्रसूति सेवा सुरु गरेको हो । अस्पताल विकास समितिले स्वास्थ्य सेवा विभागबाट जटिल प्रकारको सुत्केरी शल्यक्रियाको सेवा जिल्लामै सञ्चालन गर्ने अनुमति लिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष धनवीर ओलीका अनुसार एक प्रसूति विषेशज्ञ चिकित्सक र अर्का एक सहयोगीको संलग्नतामा शल्यक्रिया गरिने छ । सेवा सुरु भएकै दिन जिल्लाको मुरु गाविस–९ की विर्मा परियारले शल्यक्रियामार्फत बच्चा जन्माएकि छिन् । “लामो प्रयासपछि सेवा सुरु भयो,” अध्यक्ष ओलीले भने “अब कुनै दिदीबहिनीले अकालमै ज्यान गुमाउनुपर्ने छैन ।”

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com