चितवन २१ जेठ
राधेश्याम खतिवडा : माडीको बा“दरमुढे घट्ना पिडितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनिएको
६० लाख रुपैया पिडितहरुले नलिने भएका छन् । पिडितहरुले आफ्नो योजना
अनुसार खर्च गर्न नपाउने भएपछि सो रकम नलिने निर्णय गरेको बा“दरमुढे घट्ना
पिडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिएकाछन् ।
२०६९ फागुनमा भएको प्रथम माडी महोत्सबको उद्घाटनका लागि माडी पुगे
का एकीकृत नेकपा माओबादी का अध्यक्ष प्रचण्डले बा“दरमुढे घट्नाका पिडितले
आफ्नो स्वबिवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट ६० लाख रुपैया उपलब्ध
गराउने घोषणा गरेका थिए । पिडितहरुले आफ्नो ढंगले गाई बाख्रा पालन ,
आफ्नो औषधी उपचार लगायतका काममा खर्च गर्न चाहेपनि नेपाल सरकारको निदे
र्
शिकामा त्यसरी खर्च गर्न पाईने ब्यवस्था नभएको भन्दै जिल्ला विकास समितिले रकम
उपलब्ध गराएको थिएन ।
यसै बीच, यस बर्ष पनि बा“दरमुढे घट्ना पिडित संघर्ष समिति चितवनले बादुरमुढे
घट्नाको स्मृतिमा शोक सभा गर्ने भएको छ ।
यही जेठ २३ गते ९ औ बार्षिक
शोक सभा गर्न लागिएको समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिए । शोकसभा
कार्यक्रममा सहभागि हुन एमाले वरिष्ठ नेता केपि शर्मा ओली, पुर्व प्रधानसेनापति रु
क्मांगद कटुवाल, मानवअधिकारकर्मीहरु सुवोध प्याकुरेल, कनकमणी दिक्षित लगायत
आउने भएकाछन् ।
नौ बर्ष अगाडी माडीको अयोध्यापुरी स्थित बगईबाट भरतपुरतर्फ आउदै गरेको
ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते माओवादीको एम्बुसमा पर
ेको थियो ।
तात्कालिन नेकपा माओबादीले थापेको विद्युतिय धरापमा परि ३८ जनाको
ज्यान गएको थियो भने ७५ जना घाईते भएका थिए ।
यसैबीच पीडितको सक्रियतामा बनेको बादरमुढे स्मारक जोखिममा परेको छ ।
कल्याणपुर गाबिसको सर्बदलीय संयन्त्रले निर्णय एउटा र काम अर्को गर्दा स्मार
क जोखीममा परेको पीडित परिवारको गुनासो छ । बादरमुढे स्मारक नेपाली सेनाको
आर्थीक सहयोगमा झण्डै ५ लाखको लागतमा निर्माण गरिएको थियो ।