बस पल्टिँदा महोत्तरीमा दुई जना गम्भीर घाइते I

गौशाला जेष्ठ ३१,

बस पल्टिँदा आज महोत्तरीमा दुई जना गम्भीर घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासबाट १३ किलोमिटर पश्चिममा काठमाडौँबाट सिरहा जिल्लाका लागि गइरहेको ना ४ ख ६८४६ नम्बरको बस पल्टिँदा बसमा सवार दुईजना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा सिरहा जिल्लाको मारड गाविस ४ बस्ने वर्ष ३५ को मो. अकिल अहमद र सोही ठाउँ बस्ने २७ वर्षीया रेखा झा रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। घाइते दुवै जनाको उपचार बर्दिवासस्थित होप अस्पतालमा भइरहेको तथा अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक तुलसी अधिकारीले बताए । बिहानी पखको समयमा बस चालक निदाउँदा बस सडकबाट दाहिनेपट्टी तल पल्टिन गई सो दुर्घटना भएको हो। अन्य यात्रु सकुशल रहेका छन्। रासस 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com