सङ्खुवासभा जेष्ठ ३१,
विभिन्न माग राख्दै नेकपा–माओवादीसहित साना पाँच दलद्वारा जारी अनिश्चितकालीन सङ्खुवासभा बन्द दोस्रो दिन पनि जारी छ। वार्ता र सहमतिका लागि कुनै वातावरण तय नभएपछि बन्द दोस्रो दिन पनि जारी रहेको आन्दोलनरत साना पाँच दलले जनाएका छन्। नेकपा–माओवादीका जिल्ला इन्चार्ज छत्रबहादुर अधिकारीका अनुसार बन्दले जनजीवन प्रभावित बन्ने भए पनि हामीले उठाएका माग सम्बन्धित पक्षहरूले चासो नदेखाएका कारण बन्द जारी राख्नुपरेको बताए।
जिल्ला बन्दका कारण सङ्खुवासभा जिल्ला पूर्णरूपमा प्रभावित बनेको छ। बन्दले शैक्षिक संस्था, बजार, सरकारी कार्यालय, व्यावसायिक क्षेत्र बढी प्रभावित बनेका हुन्। अनिश्चित जिल्ला बन्दका कारण लामो तथा छोटा दूरीका सवारीसाधन जिल्लाको मुढेशनिश्चरे बजारमा रोकिएका छन् भने सयौँ यात्रु अलपत्र बनेका छन्। बन्दका कारण हवाईमार्ग टुम्लिङटार विमानस्थल पनि प्रभावित बनेको छ। रासस :