गजल : By, नवराज भट्ट I



बाँजै बस्दा खेत बारी बाली रुँदै छ
किसान को हलो जुवा फाली रुँदै छ

धर्म कर्म पूजा पाठ सबै छाडि सके
अक्षता ले रङ्गीएको थाली रुँदै छ
...
कुहुकुहु गीत गाउने कोइली कता गयो
बसन्त मा पलाएको डाली रुँदै छ

मेला पर्ब नाच गान रोधिघरमा हुन्थ्यो
परम्परा लोप हुँदा ताली रुँदै छ

म भन्दा नी भगवान अझै गरिब देखे
मन्दिर मा भत्किएको पाली रुँदै छ

नवराज भट्ट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com