इँट बोकेर नर्स बन्ने सपना I

काठमाण्डौ जेष्ठ ३०,

भक्तपुर कमलविनायककी सरिता दुवाल भविश्यमा स्टाफ नर्स भएर समाजसेवा गर्न चाहन्छिन्। भक्तपुरकै एक इँटाभट्टामा काम गर्ने उनलाई पढाइले निरन्तरता पाउला कि नपाउला भन्ने डर भने सधैं लाग्ने गरेको छ। चाहे जति बुबाआमाले पढाउन सक्छन् कि सक्दैनन्, उनलाई शंका छ।

भन्छिन्, 'इँटाभट्टामा काम गरेर त्यति धेरै पढ्न सक्छु कि सक्दिनँ!'भक्तपुरको सरस्वती विद्यागृहमा ८ कक्षामा पढ्ने उनको पढाइ पनि राम्रो छ। सात कक्षाबाट ८ मा जाँदा उनी कक्षामा पहिलो भएकी थिइन्।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com