शेषराज तिमिल्सिना : आज असार १५ गते । दहीचिउरा खाने दिन । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन छ ।
वर्ष दिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाइँ गरी सोही महिनाको मध्य तिथिका रुपमा सो दिन रोपाइँ गरी दहीचिउरा खाने गरिएको हो ।
गर्मी र वाफिलो मौसममा दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलस्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ ।नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । असार महिनामा मानो रोपेर मुरी फलाउनुपर्छ भन्ने मान्यता नेपाली समाजमा रहेको छ ।
नेपालमा झण्डै १५ लाख हेक्टरमा धानी खेती हुने गर्दछ । तर रायायनिक मलको अभाबमा किसानहरु चिन्तित बनेका छन । सरकारले समयमै मल उपलब्ध नगराउदाँ किसानहरु मर्कामा समेत परेका छन । सरकारले २०६१ साल मङ्सिर २९ गते हरेक वर्ष असार १५ गते अर्थात आजको दिन धान दिवस मनाउने निर्णय गरेको थियो