म आउंदैछु - सञ्जना I

काठमाण्डौ असार १५,

पहिलो पटक भेट्नेले सञ्जना श्रेष्ठलाई कि त मोडल भन्छन् कि त नायिका। हुन पनि उनी मोडल वा नायिकाभन्दा कम छैनन्। केही वर्षअघि केही अनलाइन पत्रिकाका लागि हट फोटोसेसन गराएर उनले आफूमा मोडलिङको सम्भावना भएको कुरा प्रमाणित गरिसकेकी छिन्।

वास्तवमा उनी न त मोडल हुन्, न त नायिका नै ! उनी हुन् गायिका। करिब पाँच वर्षअघि 'सः' शीर्षकको एकल एल्बम सार्वजनिक गर्दै 'तिमीसँग अन्तिम चोटि...' गीत लोकपि्रय भएपछि उनी अचानक संगीत क्षेत्रबाट हराइन्। आठवटा गीतको उक्त एल्बम सार्वजनिक भएको पाँच वर्षपछि यतिबेला उनी पुनः नयाँ एल्बममार्फत सार्वजनिक हुने तयारी गर्दैछिन्।

गायक कमल खत्रीसँग हालै मात्र 'सुनौलो बिहानी...' गीत गाएकी सञ्जनाले उक्त गीतको म्युजिक भिडियो पनि तयार पारेकी छिन्। यत्तिका वर्ष उनी कता हराइन् त ? सञ्जना भन्छिन्— 'कहीं गएकी थिइनँ, यतै थिएँ। यतै भए पनि संगीतमा थिइनँ।'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com