महाकालीमा आएको वाडी आझै घटेन बस्तिका बासिन्दा सुरक्षित स्थानमा सारिंदै I

काठमाण्डौ आषाड  ४,

नारीदर्पण : दुइ दिन देखि लगातार परेको झरी संगै महाकाली नदीमा आएको वाडिले दार्चुलाको खलङ्गा रहेका केहि सरकारी कार्यालयका साथै थुप्रै घर  हरु बगाएको छ  । वाडिले बगाएर धात गाबिस वडा न: ५ कि ३१ बर्षीय सरस्वति रैत बेपत्ता बएक छन् । उक्त वाडिले साठ्ठी घर हरु र केहि पसल हरु बगाएको छ । जिल्लाका अस्पताल सहित छ वटा सरकारी कार्यालय भवन पनि बगाएको छ । 

वाडिले जिल्ला वन, ओफ़िस, अपि नाम्पा संरक्षण, जिल्ला भू-संरक्षण अगुवा स्रोत केन्द्र खेलकुद बिकाश कार्यालय बगाएको छ । यसै गरि जिल्ला प्रहरी कार्यालय र दुर संचार कार्यालय परिसर वादीको कटान परि जोखिमम मा छन् । तस्तै सदरमुकाम खलङ्गाको वडा न: ५ बाग बगर तथा रिङ्गे तालका  बीस भन्दा घर, पसल वाडिले बगाएको छ । 

खलंगाकै गल्फैमा रहेका दस वटा घर पसल र दार्चुलाकै पिनकर सडक खण्डको बंगा बगर खण्ड पनि वाडिले बगाएको छ । बगार्मा वाडि पसे पछि थुप्रै गाह्र जोखिममा छन् भने वाडिले भेटेको गह्र्का मानिस हरुलाई अन्तै सुरक्षित स्थानमा स्थानान्तर गरिएको छ । लगातार आएको वाडिले ठुलो क्षति पुर्याए पछि जिल्ला प्रसासन कार्यालय दार्चुलाले हिजै देखि सतर्कता का लागि सर्व साधारण मा सुचना जारि गरेको छ । 

महाकालीमा आएको वाडिले ब्रहाम्मा देव गाविसमा रहेको कालागाद जलबिद्धुत आयोजनाको पावर हाउस समेत बगाएको छ भने नेपाल भारत जोड्ने महाकाली नदि माहती माथिको झोलुङ्गे पूल समेत जोखिम मा रहेको छ । महाकालीमा पानीको बहाव बढे पछि झोलुङ्गे पूल बाट आवत जावत गर्न रोक लगाइएको छ । स्रोत का अनुसार उक्त स्थानमा आएको निअरन्तर वाडि अझै पनि नघटेकाले बस्तीका बासिन्दाहरुलाई अन्तै सारिएको छ भने धेरै घर जोखिममा छन् । जिल्ला स्थित प्रहरी कार्यालयक प्रहरी हरु पनि सुरक्षित स्थानमा गएका छन् । 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com