भर्जिनिया अमेरिका आषाड ४,
टेलिभिजनबाट ४ जना
साप्ताहीक तथा पाक्षिक पत्रिकाबाट २ जना
अनलाईन मिडियाबाट १ जना
धन्यबाद सहित
सूर्य थापा
मिडिया संयोजक
नेपालका लागि ३१ औं ए एन ए सम्मेलन आयोजक समिती ।
आदरणिय पत्रकार साथीहरु अभिबादन, सबैभन्दा पहिला त तपाईहरुले ३१ औं ए एन ए सम्मेलन आयोजक समितीलाई गर्नुभएको सहयोग प्रति हामी हार्दिक आभार ब्यक्त गर्दछौं । तपाइहरुलाई थाहा नै छ ३१ औं ए एन ए सम्मेलन आउनको लागि अब मात्र २ हप्ता बांकी रहेको छ, त्यसैले सम्मेलन भब्य रुपमा सफल पार्न आयोजक समिती अहोरात्र खटिरहेको छ ।
यस पटकको सम्मेलन तपाईहरुको बिषेश सहयोगका कारण भब्य र ऐतिहासीक बन्न लागेको जानकारी गराउन पाउंदा निकै खुशी छौं । सम्मेलन नजिक आईरहेको बेला हामी तपाईहरुको अझै सहयोगको अपेक्षा समेत गरेका छौं । आदरणिय पत्रकार साथीहरु ३१ औ ए एन ए सम्मेलन आयोजक समितीको तर्फबाट यंहाहरुलाई कार्यक्रम स्थलमा आएर समाचार सकंलन गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।
यस पटकको सम्मेलनमा समाचार संकलनमा पत्रकार साथीहरुलाई सहज होस् भनेर हामीले फोटो सहितको परिचय पत्र बनाउदैछौं त्यसैले कृपया यंहाहरुले यथासक्य आफ्नो मिडियाको नाम, पत्रकारको पद र फोटो जुन २२ तारीख सम्म उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं । मिडियाका लानि निम्न संख्यामा प्रतिनिधीलाई प्रबेश पास उपलब्ध गराउने ब्यवस्था गरिएको जानकारी गराउंदछौं ।
साप्ताहीक तथा पाक्षिक पत्रिकाबाट २ जना
अनलाईन मिडियाबाट १ जना
धन्यबाद सहित
सूर्य थापा
मिडिया संयोजक
नेपालका लागि ३१ औं ए एन ए सम्मेलन आयोजक समिती ।