गजल : By, सोमकृष्ण श्रेष्ठ I



बाहाना म सित छैन कसरी बोल्ने हो
कुनै माया प्रित छैन कसरी बोल्ने हो

यी धर्तीकी परी उनी पाउन चाहन्छु
लगि दिने मित छैन कसरी बोल्ने हो

परिचय हुनु पैले हाम्रो यो समाजमा
भेट गर्नु रित छैन कसरी बोल्ने हो

गाए भने हेर्थिन् कि त नजर उठाइ
मेरो आफ्नो गित छैन कसरी बोल्ने हो

के भनेर डाकौँ भनि पाइन म मेसो
ओइ भन्दा हित छैन कसरी बोल्ने हो

बाहाना म सित छैन कसरी बोल्ने हो
कुनै माया प्रित छैन कसरी बोल्ने हो

सोमकृष्ण श्रेष्ठ
भिनपा, २ दोलखा 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com