राति मछिन्द्रनाथको भोटो जात्रा सम्पन्न I

काठमाण्डौ जेठ २५,

नारीदर्पण : ललितपुरको जाउलाखेलमा भोटो देखाएर हिजो राति मछिन्द्रनाथको भोटो जात्रा सम्पन्न भएको छ । राष्ट्रपति रामबरण यादबको उपस्थितिमा जाउलाखेलमा राखिएको रातो मछिन्द्रनाथको रथ बाट गुठि संस्थान ललितपुरका प्रमुखले भोटो देखाए पछि जात्रा सम्पन्न भएको ह ।

त्यस अबसरमा डाक्टर यादबले मछिन्द्रनाथको भोटो अबलोकन ललितपुरकि कुमारी बाट टिका र प्रसाद ग्रहण गर्नु भयो । सबै भन्दा लामो जात्राका रुपमा रातो मछिन्द्रनाथको दुइ महिना लामो जात्रा हिजो सम्पन्न भएको हो ।

बहुमुल्य रत्नहरु जडित भोटो कसको भनेर पत्ता नलागेकाले प्रत्येक बर्ष परम्परागत भोटो जात्रा देखाउने प्रचलन सुरु भएको हो । रातो मछिन्द्रनाथको जात्रा सोह्रसय बर्ष पुरानो भएपनि भोटो देखाउने चलन भने करिब चारसय बर्ष देखि सुरु भएको मान्यता छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com