सरकार र कमलरीहरु बीच दस बुँधे सहमति I

काठमाण्डौ जेठ २५

नारीदर्पण : सरकार र पुर्व कमलरी प्रतिनिधिहरु बीच दस बुँधे सहमति भएको छ । हिजो साँझ अबेर सम्पन्न भएको सो वार्तामा सहमति पछि पुर्व कमलारिहरुले आफ्नो सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् ।

सहमतिनुसार सरकारले सृजना चौधरीको परिवारलाई पांच लाख रुपैयाँ राहत उपलब्ध गराउने छ । यसैगरी आन्दोलनको क्रममा समातिएका सम्पूर्ण पुर्व कमलारिहरुलाई तुरुन्त रिहा गर्ने सहमति भएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com