एघारसया परिवारलाइ बिस्थापित हुन नदिन तटबन्ध निर्माण I

काठमाण्डौ जेठ २५,

नारीदर्पण : स्थानियाहरुलाई बिस्थापित हुन बाट बचाउन रुकुमको सदरमुकाम देखि दुइ दिनको पैदल दुरीमा रहेको सिम खोलामा तटबन्द निर्माणको कार्य सुरु भएको छ । 

सो खोलाको कटानका कारण आठ्बिस डाँडा गाउँ र आठबिस फुटका एघारसया परिवारले गाउँ नै छोड्नु पर्ने खतरा बढेको भनि नेपाल टेलिभिजनले समाचार प्रसारण गरेपछि तट बन्ध निर्माण गर्न तत्काल विभिन्न स्थानिय निकायहरु जुटेका हुन् । 

दुइ गाविसमा रहेको सिम्खोलाले बस्ति कटान गर्नुका साथै हजारौं मुरी फाल्ने जमिन बगाएको थियो । ती दुइ गाविसमा रहेको सिम्खोलाले हरेक बर्ष बस्ति कटान गर्दै आएपछि त्यहाँ का स्थानिय हरु निकै जोखिममा रहेका थिए । सो समस्या बारे नेपाल टेलिभिजनले संचार प्रसारण गरे लगतै जिल्ला विकास समिति लगायतका निकायहरु मिलेर सिम्खोलामा तटबन्दको निर्माण कार्यमा जुटेका हुन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com