अन्तराष्ट्रिय बजारमा नेपाली हस्तकलाको बढ्दो माग I

 काठमाण्डौ जेष्ठ ३०,

नारीदर्पण : अन्तराष्ट्रिय बजारमा नेपाली हस्तकलाको माग पछिला बर्षहरुमा बढ्दै गएको छ ।  यसै क्रममा चीनको  कुन्बिङ्गमा हालै आयोजित   मेलामा नेपाली उत्पादन हरु अबलोकन कर्ताहरुको लागि आकर्षणका केन्द्र बनेको थियो । 

नेपाली काष्ट कलाका विभिन्न उत्पादन हरु अन्तराष्ट्रिय बजारमा निकै लोकप्रिय हुँदै छन् । चीनको दक्षिण पश्चिमी प्रान्तमा युनानको राजधानी कुन्मिङ्गमा सम्पन्न प्रथम चिन दक्षिण एसिया ब्यापार मेलामा नेपाली काष्ट कला प्रति अन्तरास्ट्रिय रुपमा देखिएको चासोले पनि यसको पुस्टि गर्दछ । त्यसैगरी उक्त मेलामा प्रदर्शित नेपाली परम्परागत गहना र नेपालमै पाइने विभिन्न बस्तुहरु बाट उत्पादित कपडा लाइ बढी रुचाइएको मेलामा सहभागी नेपालीहरुको भनाइ छ । त्यसैले यस प्रकारको मेला बाट नेपाली उत्पादनले व्स्वमै आफ्नो दरो पहिचान बनाउने सहभागीहरुले बताए । 

उक्त मेलामा नेपालीहरुको उल्लेख्य सहभागी रहेको थियो । दक्षिण एसिया सहित विभिन्न बत्तीस वटा देशका दुइ हजार चारसय बिस स्टल हरुमा नेपालको त्रियासी भन्दा बढी स्टल हरु उक्त प्रदर्शनिआ राखिएका थियो । चिन र आसियन तथा दक्षिण एसियाली मुलुकहरु बीचको ब्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उदेश्यले मेलाको आयोजना अग्रिएको हो । 

एक दसक अघि विस्वा ब्यापार संगठनको सदश्य भएको चिन अहिले नेपालको ठुलो ब्यापार साझेदारको रुपमा रहेको छ । उक्त मेलामा चीनको उत्पादन र विशेष  गरि चिनिया चियाले अबलोक कर्ताहरुको ध्यान तानेको थियो । चीनको ६ वटा प्रान्तीय सरकार र बंलादेश्को संयोजकत्वमा आयोजित मेलामा सुचना प्रविधिका नयाँ उत्पादन, फर्निचर, बिधुत तथा औधोगिक उपकरण, स्वास्थ्य संग सम्बन्धित उतपादन, खाध्य सामग्री लगायतका बस्तु हरु पनि अबलोकन कर्ताहरुका लागि निकै आकर्षणका केन्द्र बनेका थिए ।    

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com