गज़ल : By, कोमल भट्ट I



मरणकै रहर भो भन के गरौँ
विगत नै जहर भो भन के गरौँ

सुखदका पलहरु सपनै बने
हरघडी कहर भो भन के गरौँ

यति छिटै मगनका दिन टाढिए
नियतिकै ठहर भो भन के गरौँ

सगरमा घनघटा अझ फैलियो
अशुभकै लहर भो भन के गरौँ

छिनछिनै तडपले मन भाँचियो
जलनकै पहर भो भन के गरौँ

पतझडै सरि बन्यो अब "कोमल"
सब पथै डहर भो भन के गरौँ

छन्द -छुकुङरी
गण :-न भ ज ज गु
सूत्र:-lll SII ISI ISI S
(४-४ अक्षरमा विश्राम )

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com