काठमाडौं असार ६
गैरआवासीय नेपालीहरुको सामूहिक लगानीमा स्थापित
बेष्ट रेमिट नेपाल प्रा.लि. र बैंक अफ काठमाडौ(बीओके)बीच रे
मिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि
बेष्ट रेमिट कम्पनीमार्फत विश्वका विभिन्न मुलुकबाट पठाएको रकम नेपाल
अधिराज्यभर रहेका बंैक अफ काठमाडौका ५० वटा शाखाबाट भुक्तानी
पाउन सकिने छ ।
सम्झौता पत्रमा एक कार्यक्रमका बीच बिहीवार बेष्ट रे
मिट नेपाल प्रा.लि.का अध्यक्ष राजेन्द्र श्रेष्ठ र बैंक अफ काठमाडौका
चिफ अप्रेशन अफिसर प्रविण क्षेत्रीले हस्ताक्षर गरे ।
नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर करिव ३ महिनाअघिबाट रेमिट्यान्स से
वा आरम्भ गरेको बेष्ट रेमिटले अहिले हङकङ र बेलायतबाट पनि लाइसेन्स
लिएर ती देशवाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको छ । कम्पनीले
जापान, कोरिया, अष्ट्रेलिया, अमेरिका लगायतका देशबाट पनि चाडैनै रे
मिट्यान्स सेवा सुचारु गर्ने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष राजेन्द्र
श्रेष्ठले बताएका छन् ।
सम्झौतापछि बेष्ट रेमिटका अध्यक्ष श्रेष्ठले कम्पनीको लक्ष्य नै सरल,
छिटो र विश्वसनिय सेवा प्रदान गर्नुृ रहेको हँुदा आफ्ना ग्राहकहरु
लाई अझ बढि सुविधा उपलब्ध गराउन यो सम्झौता गरिएको जनाए ।
यस्तै बैंक अफ काठमाडौका चिफ अप्रेशन अफिसर प्रविण क्षेत्रीले बे
ष्ट रेमिटसँगको सम्झौताले विदेशमा रहेका नेपालीहरुलाई बैंकिङ
च्यानलमार्फत रेमिट्यान्स भित्राउन थप बल पुगेको बताउदै यस सम्झौ
तावाट आफ्ना ग्राहकलाई थप सहजता र सरलता ल्याउने बताए ।
बेष्ट रेमिट नेपाल प्रा.लिले यो सम्झौतापछि अव आफ्ना मुलुकभर र
हेका एजेन्ट, सवएजेन्ट तथा विओकेका ५० शाखामार्फत आफ्नै घर
आगनमा रेमिट्यान्स भुक्तानी लिन सकिने बताएको छ । यसअघि कर्मज
एण्ड ट्रष्ट बैंक, कुमारी बैंक, मनकामना विकास बैंक, किष्ट बैंक तथा मे
गा बैंकसँग रेमिट्यान्स सम्झौता गरिसकेको बेष्ट रेमिटले बैंक अफ
काठमाडौसँगको सम्झौताले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरु
ले आफ्ना परिवार तथा आफन्तलाई रकम पठाउन अझ सहजता ल्याउने
विश्वास लिएको छ ।