नेपालमा ‘एमईआरएस–सीओभी’ भाइरसको जोखिम बढेको छ । अहिले खाडी मुलुकमा यो भाइरसको बिगबिगी देखिएको छ । त्यहाँ रहेका नेपालीको स्वदेश आगमनसँगै यो खतरा नेपालसम्म आइपुग्ने सम्भवना बढेको हो ।
कोरोना भाइरस समूह अन्तर्गत पर्ने यो भारस केही वर्षअघि माहामारीका रूपमा देखिएको ‘सार्स’को कारक हो । यो भाइरस सन् २००३ मा पत्ता लागेको थियो । हाल ‘एमईआरएस–सीओभी’ भाइरस केही खाडी मुलुक र युरोपका केही देशमा देखिएको छ ।
कोरोना भाइरस समूह अन्तर्गत पर्ने यो भारस केही वर्षअघि माहामारीका रूपमा देखिएको ‘सार्स’को कारक हो । यो भाइरस सन् २००३ मा पत्ता लागेको थियो । हाल ‘एमईआरएस–सीओभी’ भाइरस केही खाडी मुलुक र युरोपका केही देशमा देखिएको छ ।
यसले सबैभन्दा बढी प्रभाव पारेको साउदी अरबियामा करिब ६ लाख नेपाली कामदार रहेकाले सजिलै नेपाल भित्रिन सक्ने जोखिम छ ।
सेप्टेम्बर २०१२ यता विश्व स्वास्थ्य संगठनले ५५ जना व्यक्तिमा यो रोग देखिएको तथ्यांक सार्वजनिक गरेको छ । तीमध्ये ३१ जनाको मृत्यु भइसकेको छ । खाडी मुलुकबाट सुरु भएको भनिएको सार्स रोगको प्रकोप फ्रान्स, जर्मनी, इटाली, ट्यिुनेसिया, बेलायत लगायतका मुलुकमा पनि देखिएको छ । युरोपियन मुलुकमा यो रोग देखिएका व्यक्ति खाडी मुलुकको भ्रमण गरेर फर्किएको हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सार्स रोगको सुरुवात कहाँबाट भयो भन्ने पत्ता लाग्न सकेको छैन ।
यो रोगको समान्य लक्षण भनेको फोक्सोसम्बन्धी समस्या देखिनु हो । यो भाइरसको संक्रमणले ज्वरो आउने, खोकी लाग्ने र स्वासप्रस्वासमा बाधा पु¥याउँछ । सार्स रोगको संक्रमण भएका धेरैमा निमोनिया पनि देखिएको थियो । केहीलाई पेटमा समस्या आई झाडापखाला समेत देखिएको थियो । कतिपयको मृगौलाले काम नगरी मृत्यु भएको पनि पाइएको थियो । ‘एमईआरएस–सीओभी’ भाइरसको स्रोत र सर्ने माध्यम अहिलेसम्म पत्ता नलागेकाले रोकथामका उपाय पनि नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्ता प्रकारका स्वासप्रस्वास सम्बन्धी रोगबाट बच्न रुघाखोकी लागेका मानिससँगको संसर्गबाट बच्न संगठनको सुझाव छ ।
जनस्वास्थ्य विशेषज्ञहरू नेपालको कमजोर क्वारेन्टाइन र कमजोर स्वास्थ्य जाँच व्यवस्थाका कारण खाडी मुलुकबाट फर्केका नेपालीबाट यो रोग नेपाल भित्रिन सक्ने सम्भवान बढी रहेको बताउँछन् । खाडी मुलुकमा मात्र १५ लाख भन्दा बढी नेपाली काम गरिरहेको तथ्यांक छ । यिनीहरूमध्ये दैनिकजसो सयौँ कामदार नेपाल फर्किरहेका छन् । जसकारण सार्स रोग नेपाल भित्रने सम्भवान अत्याधिक रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. अर्जुन कार्कीको भनाइ छ । डा. कार्कीका अनुसार यो रोग मानिसमा सर्ने बित्तिकै यसले मृत्यु गराउने सम्भावना पनि अत्याधिक छ ।
हाम्रोजस्तो आईसीयू सेवा र अन्य आकस्मिक सेवा कमजोर रहेको देशमा यो रोग भित्रिए जनस्वास्थ्यमा ठूलै भुँइचालो ल्याउने विशेषज्ञहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनले आफ्ना सबै सदस्य राष्ट्रलाई यो रोगमा निगरानी राख्दै उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो । तर, नेपालमा भने मिडियाहरूमा खबर सार्वजनिक भएपश्चात मात्र थोरै काम अगाडि बढाउनाले पनि सरकार अझै यस विषयमा गम्भीर नदेखिएको प्रस्ट हुन्छ ।
सरकारका तर्फबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्पूर्ण ठूला अस्पताल र जनस्वास्थ्य प्रयोगशालाहरूमा पत्राचार गर्दा
यस रोगका कारण विश्वभर तीस जनाको मृत्यु भइसकेको थियो ।
प्रमुख निगरानी राख्नुपर्ने स्थान अन्तर्राष्ट्रिय विमानस्थलमा भने स्वास्थ्य निगरानी गर्न स्वास्थ्य मन्त्रालय चुकेको छ । सन् २००२ मा सार्स र २००९ मा स्वाइन फ्लुको प्रकोप हुँदा सरकारले स्वास्थ्य निगरानीको व्यवस्था विमानस्थलसहित नेपाल भित्रिने नाकाहरूमा गरेको थियो ।
सरकारले पत्राचार गरेको पत्रमा अस्पतालहरूले रुघाखोकीका बिरामी जाँच्दा सतर्कता अपनाउने र शंका लागेका बिरामीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनेको छ ।
साथै, हरेक साता रुघाखोकी, निमोनियाका बिरामीको तथ्यांक पठाउन निर्देशन दिएको छ । प्रयोगशाला लाई पनि यो रोगको जाँचको व्यवस्था गर्न निर्देशन दिइएको छ । जनस्वास्थ्य प्रयोगशालामा यो जाँच गर्न रिएजेन्टको व्यवस्था नभएका कारण अहिलेका लागि बैंककमा जाँच गर्ने व्यवस्था मिलाइएको प्रयोगशालाकी निर्देशक डा. गिता शाक्यले जानकारी दिइन् ।