वाशिंटन डी.सी. जुन ८,
नेपालमा जलबिद्युत सम्बन्धि अन्तरक्रिया कार्यक्रम भर्जिनियाको आर्लींटन स्थित केन्द्रिय पुस्तकालयमा सम्पन्न भयो । नेपालमा अहिले शुरु हुन लागेका बिभिन्न जलबिद्युत आयोजनाहरु मध्ये डोर्दी जलबिद्युत आयोजनामा बिशेष केन्द्रित उक्त कार्यक्रममा नेपालबाट आउनु भएका पिपुल्स हाइड्रोपावर कम्पनी प्रा.लि.का निर्देशक तथा संचालक श्री अर्जुन गौतमले उक्त आयोजनाको बारेमा बिशेष प्रकाश पार्नु भएको थियो ।
उक्त आयोजना लमजुंग जिल्लाको उत्तर पूर्वमा रहेका ढोडेनी र फलेनी गा.वि.स.को बीचबाट बग्ने दोर्दी खोलाको पानी प्रयोग गरि निर्माण गरिने आयोजना हो । यो दोर्दी खोला हिमचुली र बुद्ध हिमालबाट निस्केको नदी हो । यस आयोजनाको Intake देखि Power House सम्मको क्षेत्र डोढेनि गा.वि.स. को वडा नं. ९ भित्र पर्दछ । आयाजना सम्बन्धि जग्गा किन्ने तथा सर्भेक्षण गर्ने सम्पूर्ण कामहरु पुरा भइसकेका छन् । रिव ५० मेगावाटको क्षमता हुने यो आयोजना पुरा हुन तीन बर्ष लाग्ने कुरा अर्जुन गौतमले बताउनु भयो । मध्यम बर्गको लगानीमा बिशेष जोड दिने भनिएको यो आयोजनाको कूल लागत करिब ८ अरब रुपैया हुनेछ ।
यस सम्बन्धि बिस्तृत जानकारी लिनको लागि अर्थात् लगानी गर्न इच्छुक व्यक्तिहरुले कम्पनीको वेबसाइट http://www.peopleshydro.com/ or, suman5142@gmail.com मार्फत लिन सकिने छ । उक्त कार्यक्रममा ANS का पूर्व अध्यक्ष तथा समाज सेवी खेम भट्टचन, अमेरिकी सरकारको उर्जा सम्बन्धि कार्यरत बिकाश थपलिया, समाजसेवी प्रकाश नेपाल, मनोज ज्ञवाली, तारा न्यौपाने र अर्का समाजसेवी तथा ANS का पूर्व अध्यक्ष प्रेम संग्रौलाले बिभिन्न प्रश्नहरु राख्नु भएको थियो । प्रकाश नेपालले संचालन गरेको उक्त कार्यक्रमको संयोजन प्रकाश नेपाल, पुष्पा घिमिरे तथा प्रेम संग्रौलाले गर्नु भएको थियो ।