London, बेलायतमा अन्तररास्ट्रीय सास्कृतीक परेड प्रदर्शन कार्यक्रम, सयौ नेपालीहरुको सहभागिता I

लन्डन जेष्ठ २६,

शिव तिवारी,: बेलायतको एबर्डिन स्कट्ल्याड्मा अन्तररास्ट्रीय सास्कृतीक परेड प्रदर्शन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। 

एबर्डिन सिटी काउन्सिलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल, भारत, कोरिया, पोल्यान्ड, थाइल्यान्ड लगायत सयौ स्थानिय सघ सस्थामा आबद्द हजारौको सहभागिता रहेको थियो । 

बेलायतमा रहेका बिभिन्न देश तथा समुदायहरुको कला, सस्कृती र भेषभुषा लगायतको पहिचन, प्रबर्धन र आदान प्रदान गर्नेउदेश्यका साथ गरिएको उक्त कार्यक्रममा बिभिन्न समुहहरुलेबाजागाजा, भेषभुषा र झाकी सहित नगर परिक्रमा गरेका थिए । बार्षिक रुपमा आयोजना गरिनेपरेड कार्यक्रममा एबर्डीन स्कट्ल्यान्ड्मा रहेका नेपालीहरुको सामाजिक सस्था नेप्लीज हिमालयन एसोसिएसन स्कट्ल्याड्को बिशेष सकृयतामा सयौ नेपालीहरुको उत्साहजनक उपस्थिती रहेको थियो । 

नेपाली पहिरनमा सजिएर महिला, पुरुष र स-साना बालबलिकाहरु समेत नेपाली राष्ट्रीय झण्डा फहराउदै बाजगाजा र नेपाली नाचगान सहित परेड कार्यक्रममा भाग लिएका थिए । सेलिब्रेट एबर्डिन नाम दिइएको उक्त परेड कार्यक्रममा नेपाली समुदायको प्रस्तुतिलाई स्थानिय बासिन्दा तथा अन्तरराष्ट्रीय समुदायले समेत निकै चासोका साथ अबलोकन गरेका थिए। 

बिदेशमा रहेर पनि यस्तो बृहत कार्यक्रममा भाग लिइ नेपाली कला, सस्कृतिको पहिचान र आदान प्रदान गर्न पाउदा नेपाली माटो प्रती उच्च सम्मान र गौरबको अनुभूती हुनेनेप्लीज हिमालयन एसोसिएसन स्कट्ल्याण्ड्का अध्यक्ष टक बहादुर थापाले बताउनु भयो । यस्तो कार्यक्रमले नेपालीहरुको आत्मियता र एकता झल्किने र नेपालको पर्यटन प्रबर्धनमा समेत ठुलो सहयोग पुराउने अपेक्षा गरिएको थापाको भनाई थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com