ANA,हिरो (नायक )पुरस्कार राजिव गोयल तथा (डाइनामिक) बुना दाहाल लाई प्रदान गरिने I

न्यु यो जेठ २६   

विजय थापा : अमेरिका ,न्यु योर्क जुन ८ ,ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) ले ए एन ए हिरो -२०१३ द्वारा लेखक ,वकिल तथा विकास कार्यकर्ता राजिव गोयल तथा अद्भुत प्रतिभाशालि तथा गतिबोधक (डाइनामिक) बुना द्वारा आफ्नो नाम परिचय दिन सफल बुना दाहाललाई पुरस्कार दिने भएको छ  ए एन ए सम्मेलनको अवसरमा उल्लेखनीय कार्य गर्ने ,नेपालको नाम चिनारी गराउने तथा अन्य बिभिन्न विधामा पुरस्कार दिदै आएको छ भने २०१३ को ए एन ए नायक पुरस्कारमा राजिव गोयल तथा बुना दाहाल परेका छन  

राजिव गोयल पिसकर्व स्वयम् सेवकको रुपमा झन्डै एक दशक अगाडी नेपाल पुगेका थिए र मुलुक अशान्तिको भुमरीमा जकडिएको अवस्थामा धनकुटा जिल्लाको नाम्जे,धरान भेडेटार नजदिक भन्ने ठाउमा शिक्षक भै २ बर्ष सम्म अंग्रेजी बिषय पढाए  तर उनलाई मनमा शान्ति भने भएन किनभने त्यो गाउँमा बालबालिका ,सुत्केरी तथा गर्भवती महिला ,बृद्ध सबै पिउने पानीको ओसार पोसारमा मात्र दिनको करिब ८ घण्टा बिताउने गरेको पीडादायक दृश्यले यो गाउँ र समुदायको लागि केहि गर्नु पर्छ र सर्वप्रथम पानीको व्यवस्था गर्न सके ठुलो धर्म हुन्छ भन्ने दृढ संकल्प साथ उनीले अन्तत्वगत्वा गाउँको अनुहार फेरी दिए । 

यो पानीको व्यवस्थाको लागि गरेको अतुलनीय ,असाधारण र योगदान स्वरुप उनलाई यो पुरस्कार दिने निर्णय गरिएको हो lत्यो गाउँको बिषय र त्यो परियोजनाको लागि एउटा पुस्तक " स्प्रिंग अफ नाम्जे '' लेखेका छन्  यस्तै गरि अमेरिका झन्डै २२ बर्ष आगाडी बिसेष छात्रवृतिको माध्यमबाट अमेरिका आई पुगेकी र जन्मजात दृस्टी बिहिन ( आँखा नदेख्ने ) र अमेरिकाबाट अध्ययन सकी हाल ख्याती प्राप्त प्रशिक्षकको रुपमा चर्चाको शिखरमा रहेकी बुना दाहाललाई ए एन ए नायक -२०१३ द्वारा पुरस्कार प्रदान गरिने भएको छ  उनीले थुप्रै समाज सेवा गरेकी छिन्  

उनि प्रख्यात नेतृत्व कुटनीतिज्ञ तथा प्रशिक्षण मंच बनाउने एक उत्प्रेरक हुन्  दाहालको नेतृत्व तथा वक्तृत्वकला कि धनिलाई २००७ मार्चमा राष्ट्र संघमा वक्ताको रुपमा बोल्न निमन्त्रणा गरिएको थियो  सै गरि ए एन ए सराहना पुरस्कार (ANA COMMENDATION)द्वारा भर्खर गिनिज पुस्तकमा नाम लेखाउनु भएका संचारकर्मी रवि लामिछाने तथा समुदायको लागि बिसेष काम गर्ने 'अधिकार 'संस्था’लाई पुरस्कार दिईने भएको छ  

न्यु योर्कमा महिलाहरुद्वारा स्थापित महिलाहरुको लागि बिशेस काम गर्ने अमेरिका भरि चर्चामा रहेको र कामको उच्च मुल्यांकन गर्दै अमेरिकन सरकारबाट ठुलो राशी प्राप्त गर्न सकेको अधिकार 'संस्थाको’ साथै क्यानाडाका समाजसेवी किरण ढुंगानालाई ३१ औ ए एन ए सम्मेलनमा पुरस्कृत गरिने छ   एन ए को समाचार तथा गतिबिधिलाई अनवरत रुपमा संचार माध्यममा शसक्त रुपमा सहयोग गर्ने ५ संचार माध्यमहरु क्रमस बोस्टननेपाल डटकम ,युएसनेपाल अनलाइन डटकम , ईनेपालिज़ डटकम , जनपुकार डटकम तथा बिआरटी नेपाल डटकमलाई (ANA MEDIA PARTNER APPRECIATION )द्वारा पुरस्कृत गरिने छ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com