भर्जिनिया आषाढ १५,
विजय थापा : ,३१ औ ए एन ए सम्मेलनको तैयारीको साथ 'हामी नेपाली जहाँ भए पनि नेपाली नै हुन्छ ;हाम्रो ए एन ए मा सबै नेपाली नै हुन्छ ''भन्ने ए एन ए गान रचिएको छ ।
अधक्ष्य छेवांग शेर्पालामाले जानकारी दिदै ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने र सम्मेलनका बिबिध कार्यक्रममा उक्त ए एन ए गान बजाईने पनि भएको छ ।
गीतकार अधक्ष्य छेवांग शेर्पालामा हुन् भने उनले ए एन ए र सम्मेलनलाई समर्पित गर्दै आफ्नै रचनामा तैयार पारेको जनाएका छन । उक्त गानका गायक द्वय रोशन गुरुङ तथा जगदीश समाल तथा गायिका सपना श्री रहेका छन् ।
ए एन ए गान (अन्ठेम) लाई उत्कृस्ट भिडियो निर्माण गरि पठाउनेलाई ($ १०००.०० ) एक हजार डलर नगद पुरस्कार दिईने भएको छ भने उक्त श्रब्य दृश्य (भिडियो )अक्टोबर ३०,२०१३ तारिख सम्म बनाई पठाउनु पर्ने जनाईएको छ lउक्त पुरस्कारको घोषणा ए एन ए कार्यकारी समितिले गर्ने र संस्थाको निर्णय नै अन्तिम हुनेछ भन्ने जनाईएको छ ।
बिस्तृत जानकारी चाहिएमा पत्राचार गर्न thapamahoday@gmail.com or emailsherpalama@gmail.com orwww.anaonline.org सम्पर्क गर्न सकिने छ भनि जनाईएको छ ।