मुग्लान पसेर मैले न त धन कमाउँनै सकेँ
पिरै-पीरमा बित्दैछ जिन्दगी न त रमाउँनै सकेँ
मूल्यहीन छ पसिना यहाँ पानी सरी बगाईरहेछु
आफ्नै जिन्दगीको मोल न त मैले ठमाउँनै सकेँ
कहाली लाग्दो छन् प्रवाशको मेरा कहानीहरु
गजलमै लेख्छु भन्छु न त कलम समाउँनै सकेँ
अनयासै वियोगमा झर्छ आँशु घरि-घरी मेरो
मूल्यहीन भयो आँशु न त मैले थमाउँनै सकेँ
-पोष कुमार राई
महेश्वरी-२ सानोडुम्रे खोटाङ्