अमेरिकामा एक करोड भन्दा बढीआप्रबासीलाइ नागरिकता दिने I

काठमाण्डौ असार १५,

संयुक्त राज्य अमेरिकाको ब्यस्बस्थापिका कांग्रेसको एउटा सदन सिनेटले देशमा अबैध तवरले बसोबास गर्दै आएका एक करोड दसलाख आप्रबासीलाइ नागरिकता दिने बिधेयक पारित गरेको छ । 

सिनेटमा भएको मतदानमा बत्तिस्का विरूद्ध ६८ मतले सो बिधेयक पारित गरेको हो । बिधेयक पारित भए लगत्तै अनुमति बिना बर्षौं देखि बस्दै आएका लाखौँ मानिसले खुशियाली मनाउन थालेका छन् । 

अमेरिकामा हजारौंको संख्यामा बसोबास गर्दै आएका नेपालीले पनि अब नागरिकता पाउने बताइएको छ । सिनेटको सो निर्णय लाइ अमेरिकाको अप्रबसन कानून सुधार सम्बन्धि  ऐतिहासिक कदम भनिएको छ । 

कांग्रेसको अर्को सदन हाउस अफ रिप्रेजेंटेटिभसले पनि सो बिधेयक पारित गरेपछि कानूनका रुपमा सो कार्यन्वयनमा जाने छ । सिनेटको निर्णयले अमेरिकाआप्रबासीको देश हो भन्ने सत्यतालाई आत्मा साथ् गरेको त्यहाँका राष्ट्रपति बाराक ओबामाले बताउनु भयो । 


सुचना प्रबिधि र अन्य पेसागत शीप र ज्ञान भएका विस्वभरका दक्ष्य मानिसलाई अमेरिकामा तान्न फेसबुक संस्थापक मार्क जुक्बर्ग लगायतका विभिन्न अभियानताहरुले नागरिकता कानून सुधारका लागि अभियान चलाउदै आएका थिए ।   

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com