काठमाण्डौ अषाड ३,
नारीदर्पण: पहिरोको जोखिम बढ्दै गएपछि धादिङ्ग झर्लाङ्ग्का वासिन्दाहरु बसाइ सर्न बाध्य भएका छन् । झन्डै चारसय घर परिवार रहेको झर्लाङ्गमा अहिले मुस्किलले चालिस घर परिवार मात्र छन् । त्यहाँ रहेका बाँकी घर परिवारलाई सुरक्षित स्थानमा सार्नु पर्ने माग पहिरो पीडित हरुको छः ।
धादिङ्ग च्याण्ठली गाउँ अहिले सुनसान अबस्थामा छ । अहिले पहिरोका कारण स्थानिय वासिन्दाहरु अन्यत्र सर्न थालेपछि च्यन्थलि गाउँ सुनसान जस्तै भएको हो । पहिरोले बर्शौनी दुख दिन थालेपछि बसाइ सर्ने कार्य तिभ्र भएको स्थानियाहरुको भनाइ छ । बर्षात सुरु भए संगै गाउँ मै भएका हरु पनि पहिरोको डर ले रातभर सुत्न सक्दैनन् ।
पहिरोका कारण बसाइ सर्नु पर्ने बाध्यता र धेरै जसो खेति योग्य जमिन पनि पहिरोले लागेको गाउँलेको भनाइ छ । २०११ मा ठुलो पहिरो जाँदा आधा गाउँले लाइ सरकारले सुरक्षित स्थानमा स्थानान्तर गरेको थियो भने अहिले पनि बाँकी घर परिवार लाइ सुरक्षित स्थानमा सार्नु पर्ने माग पहिरो पीडित हरुको छ ।
जिल्ला भूसंरक्षण कार्यालयले केहि समय अघि पहिरो नियन्त्रण गर्न केहि पहल गरेको भए पनि पहिरो धेरै नै ठुलो भएको कारण सो कार्य दिगो हुन सकेन । सामान्य पहिरो जाने काम अहिले पनि जारि नै छ । धादिङ्ग को उत्तरी क्षेत्र मा पर्ने झार्लांग गाउँ विकास समितिका टीम ओटा वडामा अहिले सम्म सदा, संचार र बिजुली जस्ता बिकासका कुनै पनि पुर्वाधारहरु पुग्न सकेको छैन ।