तेलअभिव इज़रायल अषाड ३,
विनु लामा तामाङ : नेपाल तामाङ समाज, इजरायलको दोश्रो अधिवेशन पश्चातको पहिलो बैठक १५ जुन २०१३ (शनिवार) का दिन संस्थाको अध्यक्ष सुन्दर सिंह लामा तामाङको अध्यक्षतामा र संरक्षक (संस्थापक अध्यक्ष) बी बी लामा तामाङको प्रमुख अतिथ्यामा विभिन्न निर्णयहरु सहित तेल-अविवमा सम्पन्न भएको छ ।
बैठकको शुरुवातमा सोहि दिन बिहान संस्थाको वर्तमान उपाध्यक्ष सुश्री एजिना तामाङको बुबा काभ्रेपलान्चोक जिल्ला, सानो बाङथाली गा.बि.स. वडा नं. - २ , लाहुरे देउराली निवासी धन बहादुर तामाङ (साइला) को हृदयघात भई असामयिक निधन भएको दु:खत क्षणमा वहाँको चिर –आत्मा शान्तिको कामना गर्दै श्रदान्जलि अर्पण गर्नुको साथै १ मिनेट मौनधारणा गरेको थियो ।
यसैगरी कार्यसमितिमा मनोनयन हुना बाँकी रहेको पदहरुमा मनोनयन गर्नुको साथै जिम्मेवारीहरु बाँडफाँट सहित विभागीय प्रमुख तथा उपप्रमुखहरु र सल्लाहकारहरुको चयन समेत गरेको छ । जस अनुसार क्रमश उपाध्यक्ष: श्रीजना मोक्तान तामाङ, सहसचिव: मिष्ठु तामाङ,सदस्यहरुमा मैना लामा तामाङ, माइली तामाङ , दोर्जे थिङ तामाङ , सुस्मिता थोकर तामाङ , माया तामाङ दोङ कबिता योन्जन तामाङ , पेमा तामाङ ,प्रज्ञा तामाङ ,शर्मिला तामाङ र सुस्मिता योन्जन मनोनयन भएका छन् ।
त्यसैगरी बिभागतर्फ धार्मिक विभाग प्रमुख: लामा थुप्तेन तामाङ, धार्मिक विभाग उपप्रमुख: पेमा लामा तामाङ, संचार विभाग प्रमुख: विनु लामा तामाङ, महिला विभाग प्रमुख: चन्द्रमाया बम्जन तामाङ , महिला विभाग उपप्रमुख:सानु माया तमाङ ; युवा विभाग प्रमुख: बिर बहादुर तामाङ, युवा विभाग उपप्रमुख: कृष्ण तामाङ , साँस्कृतिक विभाग प्रमुख: सुनिता पाख्रिन तामाङ, साँस्कृतिक विभाग उपप्रमुख: सिता घिसीङ तामाङ, बुद्धिजिबी विभाग प्रमुख: छोइसाङ थिङ तामाङ, बुद्धिजिबी विभाग उपप्रमुख:रिता लामा तमाङ , सल्लाह्कारहरुमा दावा योन्जन तामाङ, संजय ब्लोन तामाङ र उद्दव वाईवा तामाङ मनोनयन भएका छन् ।
त्यसैगरी मिर्गौला रोगबाट पिडीत सिन्धुली जिल्ला,बस्तीपुर - १ निवासी आईत सिहं तामाङ र बैदेशिक रोजगारको शिलशिलामा कुवेत पुगेर ६ महिना नबित्दै खुट्टाको बिमारी भएर नेपाल फर्केका उर्मिला गेाले तामाङलाई आर्थिक सहयोग पठाउने निर्णय गरेको छ ।
सोहि बैठकमा संस्थाको उपाध्यक्ष श्रीजना मोक्तान तामाङले आफ्नो छोरा आशिष तामाङले एसएलसी परिक्षामा फस्ट डिभिजनमा उतिर्ण गर्नु भएको खुशियालीमा संस्थालाई ३०० शेकेल नगद सहयोग प्रदान गर्नु भएको थियो ।
साथै स्वदेश (नेपाल) र विभिन्न मुलुक (बिदेश) मा रहेका तामाङ संघ/संस्था तथा बुद्धिजिवीहरु संग समन्वय र छलफल गरी तामाङ जातिको कला,धर्म तथा साँस्कृतिलाई सम्वर्द्धन र संरक्षण गर्ने मुख्य उद्धेश्य राखी नेपालमा कानुनी तवरले आधिकारीक रुपमा "नेपाल तामाङ समाज,काठमाडौं " नामक विशुद्ध सामाजिक संस्था गठन गरी दर्ता प्रक्रिया अघि बढाउन (इजरायल) को तर्फबाट पहल र विशेष भूमिका निभाउन संस्थाको संरक्षक तथा संस्थापक अध्यक्ष बी बी लामा तामाङलाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।
संस्थाको सहअध्यक्ष दल बहादुर तामाङ, कार्यसमितिको पदाधिकारी सदस्यहरु र सल्लाहकार ज्यूहरु उपस्थित रहेको बैठक संस्थाको महासचिव रामचन्द्र योन्जन तामाङले संचालन गर्नुभएको थियो ।