नि-शुल्क सेवा पाएपछि मोरंगमा गर्भवती सेवालिनेको संख्या बढे I

काठमाण्डौ असार ९

नारीदर्पण : सरकारले मातृ तथा शिसु मृत्यु डर सुरक्षित प्रसुति सेवा लिनेलाई यातायात खर्च दिएपछि मोरंग जिल्लामा ६०% गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा गएर प्रसुति सेवा लिने गरेका छन् । 

मोरंगमा गत बर्ष स्वास्थ्य संस्थामा प्रसुति सेवा लिनेहरुको सं मात्र थिए । स्वास्थ्य सेवा बारे गरिएको प्रचार प्रसार, नि-शुल्क सेवा र यातायात खर्च समेत पाउने गरेका कारण गर्भवती महिलास्वास्थ्य संस्थामा नै प्रसुति सेवा इनेहरुको संख्या बढेको स्वास्थ्य प्रमुख नबराज सुब्बाले जानकारी दिनु भयो । 

सरकारले स्वास्थ्य संस्थाहरु बाट प्रसुति सेवा लिनेहरुका लागि प्रसुति यातायात खर्च पाँच सय र चार पटक नियमित गर्भ जाँच गराएबापत चारसय गरि नौ सय रुपैयाँ दिने गरेको छ । 

मोरंगमा बिगत आठ महिनामा गर्भवती महिलालाई लगभग ६५ लाख २१ हजार रुपैयाँ यातायात खर्च वितरण गरिसकिएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com