काठमाण्डौ असार ९
तेजन खड्गा : मिस लिम्बूको सिजन-२ का लागि फारम खुला भएको आयोजक याक्थुङ युथ एसोसिएसनले जनाएको छ। कार्यक्रम संयोजक युगल पोमुका अनुसार पूर्वका लागि धरान र अन्य ठाउँहरूको अडिसन काठमाडौंमा गरिनेछ।
अडिसनबाट छानिएका उत्कृष्ट २० जनालाई फाइनल प्रतिस्पर्धामा उतारिनेछ। १७ देखि २५ वर्ष उमेर समूह, एसएलसी उत्तीर्ण, ५ फिट २ इन्च अग्ला एवं नेपाली नागरिकता भएका स्वदेश तथा विदेशमा रहेका लिम्बु युवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।
मिस लिम्बूमा शीर्ष उपाधि अतिरिक्त १५ विधामा एवार्ड वितरण गरिनेछ। मिस लिम्बूको फाइनल प्रतिस्पर्धा आगामी असोजको पहिलो साता हुने बताइएको छ।