नयाँ योजना निर्माणमा जुट्यो महासंघ मध्ये कमाण्डको अन्तरक्रिया कार्यक्रम सम्पन्न I

असर १३,

बलदेव भट्ट : असार ११गते अखिल नेपाल ट्रेड युनियन महासंघ संगठन बिभागद्घारा आयो जित संगठन परिचालन र भाबी योजना निर्माण बिषयक अन्तरकृया कार्यक्रम क.जगत सिम्खडाको अध्यक्षतामा तथा प्रमुख अतिथि शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा धुलिखेल स्थित हिमालयन होराईजन होटलमा सम्पन्न भयो कार्यक्रमको महत्वमाथि आÏनो मन्तव्य राख्दै कार्यक्रम संचालन गर ेका संगठनका महासचिव गणेश रेग्मीले सबैलाई बिषयको गम्भीर तामा केन्द्रीत रहेर आÏना बिचार राख्न आग्रह गरेपछि सबै उपस्थित के न्द्रिय सदस्यले मत राखेका थिए । 

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका पेशागत घटक सम्वद्ध नेपाली मजदुर वर्गका हक र अधिकारका लागि निरन्तर कृयाशिल हाम्रो संगठनको अबको कार्यभारका बिषयमा धुलिखेल अन्तरकृया महत्वपुर्ण छलफल गरी समापन भयो । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले अबको कार्यदिशाका बिषयमा सबैले आÏनो राय व्यक्त गरेका थिए । सबै केन्द्रि य सदस्यहरुले आÏनो संगठनको बिगत र बर्तमानको अवस्था र भावी यो जनाको बारे संगठन बिभागलाई रिपोर्टिङ प्रस्तुत गरे । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी शालिकराम जम्कट्टेलले सबैलाई धन्यबाद दिदै अब ट्रेडयुनियन महासंघ नया योजना र कार्ययोजनाका साथ मजदुरमा जाने र मजदुरको लागि अब सबै संगठित पेशाहरुको एकिकृत मोर्चा निर्माण गरि मजदुरका हक अ
धिकार सुनिश्चित गरेरै छाड्ने बताए । 

नेपाली मजदुर वर्गको वास्तबिक प्रतिनिधि अखिल नेपाल ट्रेड युनियन महासंघले सरकारसंग मजदुरको राज्य सत्तामा प्रतिनिधित्वका लागि लडिरहेको र अझै वैज्ञानिक र मजदुर मैत्री नितिका लागि कृयाशिल रहेको साथै यसकालागि राज्यलाई बाध्य पारिने बताउनु भयो । कार्यक्रममा महासंघका कार्यालय सदस्यहरु अतिथीको रुपमा उपस्थित थिए भने मध्य कमाण्ड अन्र्तगतका केन्द्रिय सदस्य र पेशाका केन्द्रिय अध्यक्षहरुले आÏना बिचार राखेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com