दुबईमा ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट लिमिटेडको बै ठक सम्पन्न I

दुबई, युएई असर १३,

लालबहादुर ढेंगा : गत २१ जुन शुक्रबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा विभिन्न बिषयमाथि छलफल गर्नका लागि ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट लिमिटेडको बैठक सम्पन्न भएको छ । यो बैठक प्रा.ली.बाट लिमिटेड भएपछिको पहिलो बैठक हो । 

उक्त बैठक ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट लिमिटेडका बो र्ड संचालक कृष्ण ढकालको अध्यक्षतामा भएको थियो भने गोपाल कंडेलको संयोजकत्व र शिवराज जैसीको संचालनमा भएको थियो । सन् २०११ मा स्थापना भएको ग्लोबल क्यापिटल इन्भेष्टमे ण्ट लिमिटेड (जिसिआइ) नेपालमा अवस्थित एउटा कम्पनी हो । नेपालमा लगानी गर्ने र नेपाली अर्थतन्त्रका विभिन्न क्षे त्रमा सुधार ल्याउनु सघाउनु यसको मुख्य उद्देश्य रहेको छ । 

सिप, श्रोत र प्रविधिको स्थानान्तरण सहज बनाउन र दिगो व्यावसाय तथा र णनीतिक साझेदारीको व्यावस्थासहित लगानीको अवसरको पहिचान गर्नमा केन्द्रित गरेको छ । करिब ने.रु.३ करोड रुपैयांको लगानी भैसकेको र खासगरी कृषि, गुढपाक, अर्गानी रेष्टुरेण्ट, अर्गानी मल, बिउं, रीयल स्टेट र मिनीरियल वाटरलाई प्रमुखतामा ल्याएका छन् । कम्पनी लिमिटे ड भएपछिको गतिविधिहरु जानकारी दिदै अहिलेसम्म गुढपाक, टमाटर, गाजर, लसुन, वरकाउली, काक्रो र सलाड पत्ता नेपालको हो टल तथा डिपार्टमेन्टल स्टोर्सहरुमा सप्लाई भइसकेको ग्लोबल क्यापिटलका बोर्ड संचालक कृष्ण ढकालले बताउनु भयो । 

संयोजक गोपाल कंडेलले नेपालका विभिन्न सामाजिक आर्थिक क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुको संजाल स्थापना गदै र् सामुहिक रुपले विदेशमा बस्ने नेपालीहरुको ज्ञान र व्यावस्थापकिय सिपको सदुपयोग गर्नेप्रति जोड दिएका थिए । युएईमा यसको गतिविधिलाई व्यापक रुपमा अगाडि बढाउंदै लगानीकर्ताहरुको संख्यालाई तिब्र रुपमा बढाउने जानकारी समेत दिएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com