काठमाडौ जेठ २०,
कमलरी हत्या र कमलरीमाथि भईरहेको यौन शोषणको छानविन गर्न माग गदै काठमाण्डौ केन्द्रित आन्दोलनरत कमलरीहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।
हिजोको आन्दोलनमा प्रहरी दमनबाट अधिकांश कमलरी घाइते भएपछि आज सिंहदरबार घेराऊ स्थगन गरि शान्तिबाटीकामा अनसन मात्रै जारी रहने जनाएका छन् ।
थप आन्दोलनका कार्यक्रम आज दिउँसो बैठक बसेर तय गरिने सयुक्त संघर्ष समितिले जनाएको छ ।
सिंहदरवारको ढोकामा धर्ना दिन पुगेका कमलरी आन्दोनकारीलाई प्रहरीले याताना दिँदा २५ जना घाइते भएका थिए । पाँच जनाको अहिले पनि होस खुल्न नसकेको संघर्ष समितिका सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।
प्रहरीको कुटाईबाट बेहोस भएका पाँच जनाको अहिले माइतिघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
पश्चिम नेपालका थारु किशोरीहरुलाई मोलमोलाई गरेर घरेलु कामदारको रुपमा राख्ने कार्यलाई कमलरी भनिन्छ । सरकारले आफ्ना मागको सनुवाई नगरेको भन्दै अनिश्चितकालीन आन्दोलनमा उत्रीएको समितिले जनाएको छ ।