गजल : By, आरके थापा I



दिन भन्दा पनि यहाँ रातै खराब हुदोरैछ ॥
जाली गुन्डा फटाहको साथै खराब हुदोरैछ ॥

मिठो चोखो खानलाईनी आश गर्नु पर्ने हरे,
गरीबको कठैवरा आँतै खराब हुदोरैछ ॥

छाक टार्न मुस्किल छ हरेक त्यो साँझ बिहान ,
दुर्लभ पापी धनको जातै खराब हुँदो रैछ ॥

मै हुँ भन्दै घमन्डले क्षेणिक मात्र फुरफुर ,
नसालु त्यो शराबीको मातै खराब हुँदो रैछ ॥

चिल्ला मिठा कुरा गरी माया जालमा फसायर ,
चिनो रूमाल दिनेको हातै खराब हुँदो रैछ ॥

दिन भन्दा पनि यहाँ रातै खराब हुँदो रैछ ॥
जाली गुण्डा फटाहको साथै खराब हुँदो रैछ ॥

आरके थापा
बोच , दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com