फेरी यस्तो गल्ति नदोहो¥याउने प्रतिज्ञा गर्दै यातायात मजदुरहरु भावविह्वल हुंदै पुन घर फर्किए I

काठमाण्डौ जेष्ठ २१,

केही महिना अघि अरोप प्रत्यारोप गर्दै अचानक संगठन परित्याग गरेका अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय,क्षेत्रीय,जिल्ला तथा एरिया तहमा कार्यरत कार्यकर्ताहरु फुटको तीतो पींडालाई नजिकवाट नियालेर आगामी दिनमा गुट, फुट र अनुशासनहीनतालाई संधैको लागि परित्याग गर्दै नेपाली यातायात मजदुरहरुको अधिकारका लागि निरन्तर संघर्षशील संगठन तथा नेपालको सवैभन्दा शक्तिशाली मजदुर संगठन अखिल नेपाल यातायात मजदुर संघमा पुन प्रवेश गरेका छन् ।

त्यसरी आफ्नो विगतमा गरेका गल्तिको समीक्षा र महशुस गर्दै पुरानो संगठनमा फर्किनेमा केन्द्रीय सदस्य तथा नेवा राज्य समितिका सदस्य दोर्जे लामा, डिसिएमहरु नारायण लिम्बु, चन्द्र तामाङ्ग, संजु लिम्वु, हिरा लामा, रुपेश लिम्बु, वावु लामा, प्रेम लामा, मनिस गुरुङ्ग, राजक्षितिज पौडेल, डबल लावती अक्कल लामा लगायत ६५ जना रहेका छन् । 

उनीहरुलाई अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्र्रीय कार्यालयमा एक समारोहकावीच अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्कट्टेल, उपाध्यक्ष बावुराम गौतम, महासचिव गणेश रेग्मी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिम्खडा लगायतले फूलमाला अबीर लगाई आगामी दिनमा यस्ता गल्तिहरु नगर्न र हतारमा कुनै पनि निर्णय लिएर केही दिन पछि पछुताउने काम क्रान्तिकारी मजदुरहरुवाट नदोहोरियोस, क्रान्तिकारीका नाममा कसैले छरेको भ्रममा नपर्न आग्रह गर्दै भव्यस्वागत गर्नु भएको थियो । 

यसरी पुनः आफ्नो प्यारो पुरानो संगठनमा फर्किएका मजदुरहरुको एउटै भनाई थियो “भ्रममा परियो, आप्mनो उपस्थिति विना नै आर्को संगठनमा प्रवेश गरेका प्रचार गरिएको थियो, आगामी दिनमा यस्तो जघन्य गल्ति नदो¥याउने पाठ आफुले संगठन परित्याग गरेपछि भोगेको कुरा उनीहरु वताएका थिए ।” “जुटेरमात्र मजदुरको हितगर्न सकिने रहेछ फुटेर र आरोप प्रत्यारोपको फोहोरी खेल खेलेर हैन रहेछ” भन्दै उनीहरु भावविह्वल भएका थिए । उनीहरु थप कुरा के भन्दै थिए भने फुटेर थोरै गएका थियौं जुट्न आउंदा अरु धेरैलाई लिएर आएका छौं नयां उत्साह बोकेर फर्केका छौं ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com