पालुवा माथि मदमस्त बिहानिको सित मिठो
मधुरता छर्दै गुन्जने कोइलिको गीत मिठो !
शुभासित बगैचामा प्रेमरस छर्दै
सुन्दर ति फुलसँग भमराको प्रित मिठो !
सिशिरको पतझडपछी नयाँ जिबन बोकी
फर्कीआउने बहारको अनौठो यो रित मिठो !
जगत भरलाई पर्फुल्लित बनाउदै आई
पराणि माथि खुशी छर्ने बसन्तको हित मिठो !
अनिल बन
बाग्लुङ: दागा तुम्डाँडा ५ देउराली
हाल:अबु धबी यू. ए. इ.