माडी (सोमेश्वर) २१ जेठ,
राधेश्याम खतिवडा : बघौडा गाविस वाड नम्बर ९ मा पर्ने नेपाल र भारतको सीमा क्षेत्र सोमेश्वर डाँडामा भारतले
आफूखुसी मन्दीर बनाउने काम रोकेको छैन ।
सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा वल
एसएसवीले नेपालमा पर्ने सोमेश्वर डाँडामा पुरात्वात्तिक महत्व बोकेको ठाउँ आफ्नो
कब्जामा लिएर मन्दिर बनाउनेका काम अगाडी बढाएको छ । सोमेश्वर डाँडामा रहेको एक
पुरानो शिव मन्दिर भत्काएर भारतले नयाँ मन्दिर वनाउँदैछ ।
मन्दिर बनाउनको लागी
निर्माणका सामाग्रीहरु एसएसवीले लगिसकेको छ ।
माडीका नीलकण्ठ सापकोटाले निर्माण गरेको यस मन्दिरको २०५० सालमा शिलन्यास भएको
थियो । सापकोटा विस २०२६ सालमै त्यस स्थानमा पुगेका थिए । सोमेश्वर गढी मन्दिरमा गइ पुजा
गरेमा पापाबट मुक्त हुने जनविश्वास छ । यसको पूर्वपट्टी महेश्वरी गंगा रहेको छ । सापको
टाले त्यहाँ ३२ बोरा सिमेन्ट र ३ क्वीन्टल रड खर्चेका छन् । पैदल हिडेर सीमा क्षेत्र सोमेश्वर
डाँडा पुग्न ३ घण्टा लाग्छ । २०६८ सालमा यस मन्दिर निर्माण सम्पन्न गरिएको थियो ।
मन्दिरमा पुजाआजाका लागि आएका झण्डै लाख वढी भक्तजनहरुबाट संकलन भएको १२ हजार
रुपैंया एसएसवीले लग्यो । त्यस स्थानमा विगत ५, ६ वर्षदेखि भारतीय पुजारी आइ पुजा गर्ने गर
ेका छन् । यसपटक भने त्यस स्थानमा नेपाली पुजारी माडीका स्थानीय यदु अधिकारी गएका थिए ।
सोमेश्वर गढी मात्र होइन भारतले अहिले गढीबाट झण्डै १ किमि माडी तर्फ रहेको
पातलगंगा समेत आफूहरुको रहेको भनी नेपाली भूमिमा धावा बोल्दै आएको छ ।
डाडाँबाट
भारततर्फको एक किमि पररहेको वंगला पहिले नेपाली शासकहरुले शिकार खेल्ने क्रममा वासवस्नका
लागि प्रयोग गर्ने गरेको गर्दीका यमकान्त भूषालले बताए । तर अहिले यो वंगलामा एसएसवीहरु
वसेका छन् ।
नेपालको सीमा क्षेत्र रक्षार्थ शसस्त्र प्रहरी सीमा सुरक्षा वल गठन भएको छ । चितवनको आँपटार
ीमा सीमा सुरक्षा वलको कार्यालय रहेको छ ।
उसले वेलावखतमा मात्र त्यहाँको सामान्य जानकारी
लिने गरेको छ । तर स्थानीयबासी भने सीमा सुरक्षा वल आँपटारीमा नभइ सीमा आसपासम क्षेत्रमा लगे
र राख्नुपर्ने वताउँछन् ।
फोटो ः मन्दिर वनाउन भारतिय एसएसविले लगेको वालुवाका वोरा ।