बु्रनाई जेष्ठ २८,
रोशन मेवाहाङ्ग : करिब चार बर्षको उत्साहपूर्वक प्रतीक्षामा ब्रुनाईमा गत ०९ जुन २०१३ का दिन बृहत “रमाईलो साँझ” नामक कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो । कार्यक्रमको सुरुवातमै “संसारकै सबै भन्दा होचो उपत्यकामा रहेको जिल्ला संखुवासभा,राम्रो विचार र आशुमा बगेका मनहरु सधै मकालु डाडा भन्दा नि धेरै अग्ला”जस्ता भाव लिएर कार्यक्रम संचालकका रुपमा मदन जिमी आउनु भएको थियो ।
कार्यक्रमका आयोजक कमिटीहरु क्रमश समाजसेवी नेत्र लिम्बु, चित्र तामाङ्ग र काजिमान राई ले व्यावस्थापन गर्नु भएको थियो ।
यस पटक ब्रुनाईको सेरियास्थित चार बर्षको कार्यवधी पुरा भएको अवसरमा ठुलो उत्सुकतापुर्वक संखुवासभा जिल्लाबासी दोश्रो पल्टनका र जि आर यु का गोर्खा सैनिकहरुले संयुक्त कार्यक्रम “रमाईलो साँझ“ तय गरेको हो । यस कार्यक्रमका लागी बु्रनाई जि आर यु का सिनियर अभिभावकका रुपमा मेजर रामबहादुर थापा को उपस्थिती रहेको थियो ।
कार्यक्रममा हर्षराज राईले जिल्लाबासीहरु एक आपसमा भेटघाट र चिनजान प्रवाशमा रहे पनि गरीरहनु पर्छ भन्नुभएको थियो साथै कार्यक्रम संन्चालक मदन जिमीले क्षितिज पारिको देशमा रहे पनि संखुवासभा संगितको खानी रहेछ भन्दै संखुवासभामा रचिएका “झम्के गुलेली” बोलको गित कार्यक्रममा प्रस्तुत गराएर जील्लाबासीहरुलाई माया मोहमा डुबाएका थिए । यस वर्षको जिल्लावासी भेटघाट कार्यक्रमले वर्षौ भेट हुन नपाएका जि आर यु का आफ्ना सिनियर ईष्टमित्रहरु सँग पनि भेट्ने अवसर मिलेको थियो।
उक्त कार्यक्रममा सचिन थापा मगरले भन्नु भयो, तुम्लीङ्गटार नजिककैको छ्याङ्कुटी डाडाको सधै धैरै याद आउछ, जील्लाबासिहरुको उक्त भेट देखेर आफ्नो गाउ सम्झि कार्यक्रममा छोटो मुक्तक पनि भन्नु भएको थियो ।
चैत र बैशाखमा गुरास फुल्छ, लेख पातलमा,
यस्तो दृश्य देखिदैन बसि ब्रुनाईमा ।
संझना त मनमा छदै छ ताजा,
जौ कि क्या हो आप्नै गाँउ संखुवासभैमा ।
सचिन थापा मगरको भावले जिल्लाबासीहरुलाई एकछिन त मत्रमुग्द पारि आप्नो जिल्ला नै पुरयाएको थियो ।
कार्यक्रमको अन्त्यमा मेजर रामबहादुर थापा ले संखुवासभा प्रवाशी समाजलाई आगामी दिनहरुमा अझै गडिलो रुपमा निरन्तर लागीरहनु पर्छ भन्दै उक्त कार्यक्रमको औपाचारिक रुपमा समाप्त भएको घोषणा गनुभएको थियो ।