गजल :By, कृष्णकला वनेम I



गुन्यू चोली चुरा धागो, टिका लगाउँदैछु
अनि तिम्रै मिठो यादमा, दियो जलाउँदैछु

मुग्लानबाट फर्किएर, चाडै आउ भनि
देउरालीमा प्रत्येक दिन, पाती चढाउँदैछु

हर बिहानी पुजा गर्छु, गढि देविथानमा
रातो तुल नैबेध राखी, देउता फकाउँदैछु

सम्झनाले सताउँदा, दिलको पाना भरि
तिम्रो रुप सम्झिएर, तस्बिर बनाउँदैछू

बिरानो त्यो गाउँ ठाउँमा, माया नगास है
मत यहाँ तिम्रै निम्ती, जोवान सजाउँदैछु

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com