सुतेको सुतै भए तिलक... I

आबुधावी २ जुन ,

बिनोद श्रेष्ठ क्रान्ति :आबुधावीको अलएन स्थित दुश्मन किल्निक कम्पनी (dussmsnn gulf Llc) मा कार्यरत अर्धाखाँची डिबर्ना -७ का तिलक श्रेष्ठ गत विहिबार सुतेको सुतेकै अवस्थामा भेटिए। दिन भरीको डिउटी सकी रूममा खाना खाएर साथीभाई सँग केही छिन क्यारेम खेलि ढिलै सुतेका श्रेष्ठ बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको हो। 

शुत्रबार बिदा भएकै कारण अबेर सम्म सुतेको हुन सक्ने अनुमान गर्दै साथीहरूले बिहान खाना पकाएर उठाउने कोशिष गरेको तर नउठे पछी मृत्यु भएको आशंकामा कम्पनीको क्याम्प बोस(camp boss)लाई टेलिफोन मार्फत जानकारी गराएको उक्त कम्पनीका नेपाली सुपरभाईजर भिम बहादुर के.सीले बताए। सँगै सुतेको साथी मृत अबस्थामा भेटिदा निकै दुखि हुदै सुपरभाईजर केसीले अति मिलनसार श्रेष्ठ कहिले काँही जोक गर्ने हुँदा आज पनि जोकै गरेको होला भन्नेमा थिए। 

तर एक्कासी मृत अबस्थामा देख्दा आश्चर्य र भाबुक हुदै यस्तो घटना आखाँ अगाडी अत्यान्तै दखित भएको बताए। आँउदो जुलाई ७ मा घर फर्कने तयारीमा रहेका तिलक सुतेकै अबस्थामा मृत्यु हुँदा घर परिवारलाई दिने समेत जबाफ आफु सँग नभएको र नेपालबाट बारम्बार अपरिचित ब्याक्तिको धम्की आईरहने सुपरभाईजर केसीले बताए।आर्थिक अबस्था कमजोर भएकै कारण विगत २ बर्ष अगाडी देखि सयुक्त अरब इमिरेट्स (यु.ए.ई) आएका ३५ बर्षिय श्रेष्ठका एक श्रीमती र छोरा छन्। 

कम्पनीको इन्सुरेन्स नभएकै कारणले ढिलै भए पनि पोष्ट माटमको लागि शबलाई अहिले जिमि हस्पिटलमा राखिएको छ। पोष्ट माटम सकिय लगतै शबलाई नेपाल पठाउने तयारी भैरहेको बताँउदै सुपरभाईजर केसीले कम्पनीलाइ इन्सुरेन्सको पहल गर्दे सम्पुर्ण यु.ए.इ बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोग तथा नेपाली संघ संस्थाले राहात प्याकेज उपलब्ध गराइ दिन समेत आग्रह गरेका छन्। अबगत होस् यस दुश्मन किल्निक कम्पनी (dussmsnn gulf Llc)ले गत महिना मात्र १५० नेपाली कामदारहरूको घर फर्काएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com