गजल : By, कल्पना पौडेल "जिज्ञासु" I



सुन्दैछु मैले तिमी;अर्कै दिलमा सर्दै छौ रे
अङालोमा बाधिएर मिठा कुरा गर्दै छौ रे

म सँग बिताएका सबै पल बिर्सिएर
मेरो हक्को सिन्दुर उन्को सिरमा छर्दै छौ रे

गरिबिको कारण आज प्रदेसिन वाध्य हुँदा
एक्लोपन्को बाहानामा मेरा खुशी हर्दै छौ रे

पैलो प्रेम जिन्दगीको आत्मिक साथ छुटाइ
यौबन प्यास मेट्न वास्ना जाल्मा पर्दै छौ रे

रगतलाई पसिना पारी कमाएको पैसा
सबै मोज र मस्तिमा उन्कै गोजी भर्दै छौ रे

 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com