गजल By, आरके थापा I



तिमी मेरो धडकन हौ,तिमी नै हो सास ॥
नशा नशा बग्ने त्यो खुन,तिमी नै हो खास ॥

मेरो मनको मझेरीमा,झपक्कै फुलेऊ,
उत्श्रृंखल त्यो रंग छैन,छैन वदमास ॥

आधी उमेर बिती सक्यो,रम्दै तिम्रो साथ,
बाँकी उमेर बिताउने,तिमीमै छ आश ॥

दुनियाँलाई साछीँ राखी,सयौँ जुनी सम्म,
तिम्रै काखमा लिन्छु फेरि,जन्म अनी बास ॥

नभनिदेउ भुलेरनी,अरूकै तिमी हौ,
तिम्रै लागि समर्पित छ,मायाको यो रास ॥

तिमी मेरो धडकन हौ,तिमी नै हो सास ॥
नशा नशा बग्ने त्यो खुन,तिमी नै हो खास ॥

आरके थापा ,
बोच दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com